एनपीएलका सर्वोत्कृष्ट खेलाडी रिजन ढकालले पाए जेइको जे५प्रो कार, यी खेलाडीले पाए पल्सर मोटरसाइकल

काठमाडौँ - चितवन राइनोजका तीव्रगतिका बलर रिजन ढकाल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगितामा १७ विकेट लिएका ढकालले सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधिसहित जेइको जे५प्रो कार पुरस्कार प्राप्त गरेका छन् । उनले प्रतियोगिताको उत्कृष्ट बलरको उपाधिसमेत जित्दै बजाज पल्सर मोटरसाइकल समेत प्राप्त गरे।

त्यसैगरी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भए । उनले तीन अर्धशतकसहित २१८ रन बनाउनाका साथै छ विकेट लिएका थिए । यस उपाधिसँगै उनले रु पाँच लाख नगद पुरस्कार प्राप्त गरे ।

चितवन राइनोजका श्रीलङ्काली ब्याटर कमिल मिसारा ‘रेड बुल इनर्जेटिक प्लेयर’ घोषित भए । उनले रु दुई लाख पुरस्कार प्राप्त गरे । विराटनगर किङ्सका लोकेश बम प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर घोषित भएका छन् । उनले २४२ रन बनाएका थिए । यस उपाधिसँगै उनले पनि पल्सर मोटरसाइकल प्राप्त गरे ।

जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले ‘इमर्जिङ प्लेयर’को अवार्ड जितेका छन् । उनले पनि पल्सर मोटरसाइकल प्राप्त गरे ।

सुदूरपश्चिम रोयल्सलाई उपाधि दिलाउन योगदान गरेका जर्ज मुन्से फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए भने उपविजेता लुम्बिनी लायन्सले ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्राप्त ग¥यो ।

गत कात्तिक ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको थियो । फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि हात पारेको हो । उपाधिसँगै सुदूरपश्चिमले रु एक करोड ५० लाख पुरस्कार प्राप्त गर्दा उपविजेता लुम्बिनीले रु ८० लाख पायो ।

प्रतियोगितामा तेस्रो भएको चितवन राइनोजले रु ४० लाख र चौथो भएको काठमाडौँले रु ३० लाख पुरस्कार प्राप्त गरे ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...