नयाँ बजाज पल्सर आरएस २०० मा गुगल म्याप्स मिररिङदेखि क्विकशिफ्टर सम्मका अपडेट
बजाजले पल्सर आरएस २०० नयाँ फिचरसहित अपडेट गरेको छ। नयाँ मोडलमा ५ इन्चको...
काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन १६० मोटरसाइकल प्रदान गरेको छ ।
एनपीएल सिजन ३ को सह–प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको हो ।
प्रतियोगिताभर खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाज पल्सरले ‘पल्सर पावर प्ले च्याम्पियन’ पहल पनि सञ्चालन गरेको थियो । यसअन्तर्गत प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै, पल्सर पावर प्ले प्रेडिक्शन गेममा सहभागी क्रिकेट समर्थकहरूको उत्साहपूर्ण सहभागिताले प्रतियोगितालाई थप रोचक बनाएको थियो । प्रेडिक्शन गेमका विजेता, लिडरबोर्डमा उत्कृष्ट स्थान हासिल गर्ने सहभागी तथा स्मार्टवाच विजेताहरूलाई पनि बजाज पल्सरले बधाई व्यक्त गरेको छ ।
एनपीएल सिजन ३ लाई सफल बनाउन योगदान पु¥याउने खेलाडी, टोली, आयोजक, पदाधिकारी, साझेदार तथा क्रिकेट समर्थक सबैप्रति बजाज पल्सरले आभार व्यक्त गरेको छ ।
नेपाली खेलकुदको विकासमा योगदान पु-याउँदै प्रतिभाको पहिचान, खेल उपलब्धिको सम्मान र खेलाडी तथा समर्थकबीचको सम्बन्धलाई अझ बलियो बनाउन आगामी सिजन ४ र ५ मा पनि जोडिने कम्पनीले प्रतिबद्धता जाहेर गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...