५ इन्चको टीएफटी डिस्प्ले र टीपीएमएससहित अपडेट हुँदै बजाज डोमिनार ४००
बजाजले आफ्नो प्रिमियम टुरिङ मोटरसाइकल डोमिनार ४०० लाई नयाँ फिचरसहित अपडेट...
बजाजले पल्सर आरएस २०० नयाँ फिचरसहित अपडेट गरेको छ। नयाँ मोडलमा ५ इन्चको टीएफटी डिस्प्ले, गुगल म्याप्स मिररिङ, इलेक्ट्रोनिक थ्रोटल बडी, राइड मोड, ट्र्याक्सन कन्ट्रोल, क्विकशिफ्टर र एडजस्टेबल लिभरजस्ता फिचर थपिएको छ । साथै, बाइकको फ्रन्ट सस्पेन्सनमा पनि यूएसडी फोर्क उपलब्ध गराइएको छ।
नयाँ मोडलमा पहिलाकै १९९.५ सीसी, लिक्विड-कुल्ड, सिंगल-सिलिन्डर इन्जिनलाई नै निरन्तरता दिइएको छ। यद्यपि, नयाँ इलेक्ट्रोनिक थ्रोटल बडीको प्रयोगसँगै यसको इन्जिनले अब २५.५ एचपी पावर र १८.७ एनएम टर्क उत्पादन गर्छ। पुरानो मोडलको तुलनामा नयाँ मोडलले १ एचपी पावर बढेको छ भने टर्क भने उस्तै राखिएको छ।
बाइकमा एडजस्टेबल लिभर, यूएसबी टाइप सी चार्जिङ पोर्ट र हाजार्ड लाइट स्विचजस्ता फिचर पनि थप उपलब्ध गराइएको छ। सस्पेन्सनमा फ्रन्टमा ३७ एमएमको यूएसडी फोर्क जडान गरिएको छ। यद्यपि पछाडिको टायरको आकारमा भने कुनै परिवर्तन गरिएको छैन तर यरमा रेडियल टायर प्रयोग गरिएको छ।
नयाँ फिचर अपडेटसँगै पल्सर आरएस२०० को मूल्य पनि बढाइएको छ। नयाँ मोडलको मूल्य १ लाख ९८ हजार भारु तोकिएको छ, जुन अघिल्लो मोडलको तुलनामा १७ हजार भारु बढी हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...