थप नयाँ कलर अप्सनसहित २०२६ सुजुकी एक्सेस १२५ लन्च

सुजुकीले एक्सेस १२५ स्कुटरको २०२६ मोडल नयाँ कलर अप्सनसहित लन्च गरेको छ। कम्पनीले स्कुटरका केही भेरियन्टमा नयाँ रङ थप गरेको हो। नयाँ रङबाहेक स्कुटरको डिजाइन, फिचर र इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन।

नयाँ कलर अप्सनसँगै ग्राहकले आफ्नो रुचि र आवश्यकता अनुसार स्कुटर छनोट गर्न थप विकल्प पाउनेछन्। सुजुकी एक्सेस १२५ बजारमा लोकप्रिय स्कुटरमध्ये एक हो, जसलाई दैनिक आवागमन र सहज सञ्चालनका लागि रुचाउने ग्राहक लक्षित गरिएको छ।

कम्पनीका अनुसार नयाँ कलर अप्सनसहितको सुजुकी एक्सेस १२५ नोभेम्बर २३, २०२६ देखि सुजुकीका आधिकारिक डिलरशिपमा बिक्रीका लागि उपलब्ध हुनेछ। नयाँ रङ थपिए पनि स्कुटरको इन्जिन र फिचरमा परिवर्तन नगरिएकाले ग्राहकले हाल उपलब्ध एक्सेस १२५ कै डिजाइन, फिरच र इन्जिनको अनुभव प्राप्त गर्नेछ ।

सुजुकी एक्सेस १२५ मा १२५सीसीको सिंगल सिलिन्डर इन्जिन र सुजुकी इको परफर्मेन्स टेक्नोलोजी समावेश छ । सो इन्जिनले ६५०० आरपीएममा ८.४ पीएसको पावर र ५००० आरपीएममा १०.२ एनएमको टर्क जेनेरेट गर्छ ।

२०२६ सुजुकी एक्सेस १२५ को स्ट्यान्डर्ड एडिसनको मूल्य ८३ हजार ८६ भारुबाट सुरु हुन्छ। त्यस्तै, सबैभन्दा टप भेरियन्ट राइड कनेक्ट टीएफटी एबीएस एडिसनको मूल्य १ लाख ३ हजार ७८० भारु तोकिएको छ।

नेपालमा सुजुकी एक्सेस १२५ एफआई डिस्क कनेक्ट उपलब्ध छ र यसको मूल्य ३ लाख ३४ हजार९ सय रुपैयाँ छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...