नेपाली बजारमा ५ भेरिएन्टमा लन्च भयो अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ पिकअप

काठमाडौं – निसानले आज नेपाली बजारमा द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स (Navara Pro 4X) लन्च गरेको घोषणा गरेको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो पिकअप एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।

८० वर्ष भन्दा लामो समय देखि पिकअप सेगमेन्टमा विश्वासिलो बन्दै आइरहेको निसानले ग्राहकका लागि एड्भान्स्ड टेक्नोलोजी सहितका उत्पादन उपलब्ध गराउने कुरामा विश्वास गर्ने बताएको छ । अल–न्यु निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न बेस्ट–इन–क्लास टेक्नोलोजी रहेका छन्, जसले नभारालाई अझै एड्भान्स्ड बनाएको छ ।

द अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ । त्यसैगरी यसमा थिन–फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ ।

नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध छ । नभारामा बेटर फ्युल इकोनोमी, ह्यान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ । त्यसैगरी यसमा आर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्ट सहितको आकर्षक फिचर छ । यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन योग्य छ र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामना गर्न तयार छ ।

निसान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले भनेका छन्, ‘हामी नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न सफल भएकोमा गर्व गर्छौ । अल–न्यु नभाराको उपलब्धता पश्चात हामीले हाम्रा विवेकी ग्राहकका लागि बेस्ट पर्फमेन्स गाडी उपलब्ध गराउने छौ र यसले बजारमा निसानको स्थितिलाई अझै बलियो बनाउन सहयोग गर्नेछ ।’

पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले भने, ‘नेपालमा पिकअप ट्रकको बजार बलियो बन्दै गएको छ र हामी नयाँ उत्पादन उपलब्ध गराउन पाएकोमा उत्साहित छौ । पहिलो लाइफस्टाइल एडिसन युटिलिटी भेइकलको रुपमा द अल–न्यु नभारा लन्च गरेकोमा हामी गौरवान्वित छौ । यो नयाँ उत्पादन उपलब्ध गराएर हामीले सहरी क्षेत्रमा बढिरहेका ग्राहकको चाहनालाई पुरा गर्न र बजारमा हाम्रो उपस्थितिलाई अझै बलियो बनाउन सक्षम हुने विश्वास गरेका छौ ।’

निसान इन्डियाका एक्सपोर्ट–सीबीयु एन्ड साउथ एसिया बिजनेस युनिटका हेड रघुनाथ नायरले भन्नुभयो, ‘निसान नभाराको लाइफस्टाइल एडिसन लन्च गरेर हामीले ग्राहकलाई बेस्ट–इन–क्लास भेइकल उपलब्ध गराएका छौ । नेपाल हाम्रो लागि महत्वपूर्ण बजार भएको सन्दर्भमा आगामी दिनमा समेत अन र अफरोडका लागि डाइनामिक पर्फमेन्स र सेफ्टी तथा कम्फर्टयुक्त बेस्ट–इन–क्लास कार लगातार रुपमा उपलब्ध गराउदै जानेछौ ।’

पायोनियर मोटोकर्पका डेपुटी जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले नभाराको विशेषता वारेमा जानकारी दिदै यसले नेपाली बजारमा एउटा नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

द अल–न्यु नभारामा नयाँ फिचरको रुपमा बडी–कलर्ड फ्रन्ट बम्पर (अफरोड), एलईडी हेडलाइट –ब्ल्याक) र सिग्नेचर, ब्ल्याक रियर बम्पर (स्टेप) र एफआर फगलाइट (एलईडी) रहेका छन् । यसको बाहिरी भाग अर्थात एक्सटेरियरमा ठूलो र रिडिजाइन गरिएको ग्रिल, थ्रीडी ट्रिम पिस, ट्रेडमार्क भी–मोसन ग्रिल, नभारा ब्रान्डिङ सहितको प्रोमिनेन्ट क्रोम ट्रिम, सार्पर एलईडी डेटाइम रनिङ लाइट, अलि अग्लो गरी मिलाइएको फगल्याम्प, नयाँ एलईडी टेलल्याम्प क्लस्टर, ह्विल आर्चमा एक्स्ट्रा बडी क्लेडिङ र नयाँ अप्सनको रुपमा सिक्स–स्पोक टु–टोन अलोय ह्विल रहेको छ ।

भित्री बनावट अर्थात इन्टेरियरमा थ्री–स्पोक स्टेयरिङ ह्विलका कारण स्पोर्टियर अनुभव हुनुका साथै ठुलो ७ इन्च मल्टी फङसनल इन्फोर्मेसन डिस्प्ले सहितको नयाँ टीएफटी मिटर र नयाँ आईभीआईले थप आकर्षक बनाएको छ ।

प्रविधि र सुरक्षाका लागि यसमा नयाँ थप फिचरको रुपमा निसान इन्टेलिजेन्ट मोबिलिटी, इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ र अफरोड मोनिटरको रुपमा स्ट्यान्डर्ड इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर रहेको छ ।

द अल–न्यु नभारा विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुनेछ र यसको मूल्य ९५ लाख ४९ हजार देखि १ करोड १६ लाख रुपैयाँ सम्म रहेको छ ।

सम्बन्धित समाचारहरू

निसान लिफ नेपाली इलेक्ट्रिक कार बजारमा पायोनियर बन्ने दाबी

निसान लिफ नेपाली इलेक्ट्रिक कार बजारमा पायोनियर बन्ने दाबी

काठमाडौं – नेपाली बजारमा निसानको इलेक्ट्रिक कार सेकेन्ड जेनेरेसन निसान...

अब पालो निसान किक्सको : गाडी किन्दा ५ वर्ष सम्म निःशुल्क इन्धन

अब पालो निसान किक्सको : गाडी किन्दा ५ वर्ष सम्म निःशुल्क इन्धन

काठमाडौं – पेट्रोलियम पदार्थबाट चल्ने विभिन्न कार आयातकर्ता कम्पनीहरुले...

किक्स र म्याग्नाइट ग्राहकका लागि पायोनियर मोटोकर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज

किक्स र म्याग्नाइट ग्राहकका लागि पायोनियर मोटोकर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज

नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान गाडीका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...