३ लाख रुपैयाँ सम्मले महंगो भयो निशान म्याग्नाइट
नीशानको सर्वाधिक लोकप्रिय सव फोर मिटर एसयूभी म्याग्नाइटको मूल्य नेपाली...
काठमाडौं – नेपाली बजारमा निसानको इलेक्ट्रिक कार सेकेन्ड जेनेरेसन निसान लिफ आगामी भदौ २८ गते देखि ग्राहकले टेस्ट ड्राइभ गर्न पाउने भएका छन् । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा यो गाडी उपलब्ध भएको घोषणाका साथ बुकिङ खोले पश्चात हाल एक साताका लागि सो इभेन्ट आयोजना गर्न लागेको बताएको छ ।
नेपाली बजारमा यो गाडी उपलब्ध भए पश्चात करिव दुई महिना भित्रै सबै डिलरहरुमा चार्जिङ स्टेशन समेत राखिने छ । लिफ इन साउथ एसिया नामक निसान लिफ टेक इभेन्ट कार्यक्रममा चार्जिङ स्टेशन सम्बन्धी जानकारी प्रदान गरिएको हो । माइक्रोसफ्ट टिम्स मिटिङमार्फत आयोजित उक्त भर्चुअल कार्यक्रममा भारत बाहेक नेपाल, बंगलादेश र श्रीलंकामा समेत निसान लिफले राम्रो बजार लिने बताइएको थियो ।
निसानको सीबीयू एन्ड साउथ एसिया बिजनेसतर्फका एक्पोर्ट्स हेड रघुनाथ नायर र एनएमसी यूकेका इन्जिनियरिङ प्रोजेक्ट म्यानेजर सिमोन फ्रेसरले नयाँ निसान लिफका विशेषता र यसमा प्रयोग गरिएको प्रविधि वारेमा जानकारी प्रस्तुत गरे । उनीहरुले आगामी एक दुई वर्षमै निसान लिफ नेपाली इलेक्ट्रिक कार बजारमा पायोनियर बन्ने विश्वास व्यक्त गरे ।
नयाँ निसान लिफ पहिले भन्दा धेरै क्षमतासहित उपलब्ध छ । यसमा ४० किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यसले १४७ एचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । यसको पावर पहिले भन्दा ३८ प्रतिशत र टर्क २६ प्रतिशतले बढेको छ ।
नयाँ निसान लिफले ७.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । त्यसैगरी सामान्य कार भन्दा यसले ३० प्रतिशत कम आवाज निकाल्छ ।
यसलाई एक पटक चार्ज गर्दा ३६३ किलोमिटर गुडाउन सकिने कम्पनीको भनाइ छ । यद्यपि करिव ३ सय किलोमिटर सम्म मजाले चलाउन सकिन्छ ।
विभिन्न चार ड्राइभिङ मोडमा यसलाई चलाउन सकिन्छ । घरायसी सामान्य प्लगमा जोडेर एसी चार्जरले यसलाई ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा एक घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
नेपाली बजारमा निसान लिफको प्रारम्भिक मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्म ब्याट्री र अन्य वारेन्टी उपलब्ध हुनेछ ।
४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। ई–पेडलमा एक्सिलरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुदैं जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिन्छ ।
निसान लिफ विश्वमै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक कार हो । विश्वभर ५ लाख भन्दा धेरै निसान लिफ बिक्री भइसकेका छन् । युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त निसान लिफ सबैभन्दा सुरक्षित पनि मानिन्छ । सन् २०१० देखि हाल सम्म यसले ५० भन्दा धेरै विश्व स्तरीय पुरस्कार समेत पाइसकेको छ ।
नेपाली बजारमा पहिले देखि नै उपलब्ध गराउने तयारी भए पनि सरकारी नीतिमा भएको उतारचढावको कारण निसान लिफ नेपाली बजारमा ल्याउन ढिलाई भएको कम्पनीको भनाइ छ । नेपालमा पायोनियर मोटोकर्पले निसानको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ ।
नीशानको सर्वाधिक लोकप्रिय सव फोर मिटर एसयूभी म्याग्नाइटको मूल्य नेपाली...
हालै सलमान खानलाई लक्ष्यित गरी बम हानिएको खबर सार्वजनिक भएको छ । यससँगै...
फ्रेन्च अटो निर्माता रेनोले निशानमा लगानी गरेको आफ्नो सेयर हिस्सालाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...