किक्स र म्याग्नाइट ग्राहकका लागि पायोनियर मोटोकर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज

नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान गाडीका ग्राहकको सुविधाका लागि ‘निसान सुरक्षा’ प्याकेज ल्याएको छ । किक्स र म्याग्नाइट गाडीको आफ्टर सेल्स सेवालाई लक्षित गरी ल्याइएको यो प्याकेज अन्तर्गत ग्राहकले कम खर्चमा झन्झटमुक्त मर्मत सम्भारको सेवा पाउने कम्पनीले जनाएको छ ।

सोे प्याकेजमा ग्राहकको गाडीलाई उचित रूपले जाँच गर्ने उपकरण, जेन्यून स्पेयर पार्टस् र प्राविधिक ज्ञान भएका मेकानिकहरूबाट नै सेवा पु‍-याउने कुरा सुनिश्चित गर्दछ । प्याकेजलाई गोल्ड र सिल्भर गरी दुई भागमा विभाजन गरिएको छ । जसअन्तर्गत सिल्भर प्याकेजमा निशूल्क इन्जिन आयल, आयल फिल्टर, ड्रेन प्लग, एयर फिल्टर लगायत सामेल गरिएको छ भने गोल्ड प्याकेजमा सिल्भर प्याकेजका सबै सुविधाहरूका साथै व्हिल अलाइनमेन्ट र ब्यालेन्सिङ, ब्याट्री टर्मिनल ग्रिसिङ, कुलेन्ट र अन्य विभिन्न सुविधाहरू समावेश गरिएका छन् ।

दुबै प्याकेजमा निशूल्क २४ घण्टे रोड साइड असिस्टेंस पनि समावेश छ, जसले ग्राहकहरुलाई आपतकालीन समयमा मद्दत गर्ने विश्वास लिइएको छ । यसका साथै बडि पार्ट्स र शुल्कमा पनि १० प्रतिशतसम्मको छुट समावेश गरिएको छ । यो
सेवा नेपालभर रहेका निसानका सम्पुर्ण सर्भिस सेन्टरहरुमा लागु हुने वताइएको छ ।

सम्बन्धित समाचारहरू

जापान सरकारद्वारा नेपाल एम्बुलेन्स सर्भिसलाई ६ वटा निशान एम्वुलेन्स हस्तान्तरण

जापान सरकारद्वारा नेपाल एम्बुलेन्स सर्भिसलाई ६ वटा निशान एम्वुलेन्स हस्तान्तरण

जापान सरकारले आज नेपाल एम्वुलेन्स सर्भिसलाई ९ करोड बढी मूल्य पर्ने ६ वटा...

निसान टेक्टन चाँडै भारतमा लन्च हुँदै, दमदार डिजाइन र अत्याधुनिक सुविधासहित आउने तयारी

निसान टेक्टन चाँडै भारतमा लन्च हुँदै, दमदार डिजाइन र अत्याधुनिक सुविधासहित आउने तयारी

निसान मोटर इन्डियाले आफ्नो नयाँ एसयूभी निसान टेक्टन सी भारतीय बजारमा लन्च...

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

काठमाडौं – नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...