जोनसेनका दुई मोडलका बाइकको मूल्यमा एकै पटक ३५ हजार सम्म मूल्य कम

काठमाडौं – नेपालका लागि जोनसेन ब्रान्डका बाइकको आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले दुई मोडलका बाइकको मूल्य घटाएको छ । नाडा अटो शो २०२४ भन्दा अघिल्लो दिन नेपालमा सार्वजनिक भएको नयाँ ब्रान्डका जोनसेनका विभिन्न मोडल मध्ये दुई मोडलको मूल्यमा कमी गरिएको हो ।

स्यामुकापुले सार्वजनिक गरिएको नयाँ मूल्य सूची अनुसार जोनसेन विक ९ को मूल्य ४ लाख ८० हजार र क्यारेराको मूल्य ५ लाख २५ हजार ५ सय रुपैयाँ छ । यी दुई मोडलको मूल्य यो भन्दा पहिले क्रमशः ४ लाख ९९ हजार र ५ लाख ६० हजार ५ सय रुपैयाँ थियो ।

नेपाली राइडरहरुको माग अनुसार सो मूल्यमा परिमार्जन गरिएको कम्पनीको भनाइ छ । दुई मोडल मध्ये विक ९ स्क्र्याम्बलर मोडलको बाइक हो भने क्यारेरा एड्भेन्चर टुरिङ मोडल हो । विशेषतः युवा वर्गको रोजाइमा यस्ता बाइक पर्ने गरेका छन् ।

यसअघि हिरो मोटरसाइकल बिक्री गर्दै आएको ज्योति ग्रुपले यो मोटरसाइकललाई नेपाल ल्याएको हो । कम्पनीले विराटनगर, वीरगन्ज, भरतपुर, काठमाडौं, पोखरा, भैरहवा र वुटवलस्थित शोरुमबाट बाइक बिक्री गरिरहेको छ । यी बाइकमा दुई वर्ष अर्थात ३० हजार किलोमिटर वारेन्टि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

फाइनान्स र एक्सचेन्जको सुविधा समेत उपलब्ध यी मोटरसाइकलको खरिदमा ग्राहकले ६ वटा फ्रि सर्भिसिङ र हेल्मेट पाउँछन् ।

सम्बन्धित समाचारहरू

ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा

ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण गराउने ५२ वटा...

भारत विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजार, चीन र पाकिस्तानभन्दा धेरै अगाडि

भारत विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजार, चीन र पाकिस्तानभन्दा धेरै अगाडि

भारत जनसंख्या मात्र होइन, दुई पाङ्ग्रे सवारी साधनको प्रयोग र बजारको आकारका...

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक

ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी नेपालमा सार्वजनिक

काठमाडौं – ट्रायम्फ मोटरसाइकल्स नेपालले आफ्नो प्रसिद्ध ४०० सीसी मोडर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...