ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण गराउने ५२ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विगत लामो समयदेखि रूप परिवर्तन अर्थात मोडिफाई गरी शहरी क्षेत्रमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्का समेत निकाल्ने मोटसाइकलहरू नियन्त्रणमा लिई कारवाही गर्दै आएको छ ।

यसै क्रममा गत मंसिर १९ गतेबाट ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय वातावरण विभागसँग समन्वय गरी अभियानकै रुपमा चेकजाँचलाई अगाडि बढाएको बताएको छ ।

सोमबार मात्रै ध्वनी प्रदुषण गराउने १२ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । योसँगै अभियान सुरु भएदेखि हालसम्म ५२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।

साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर निकाल्ने, साइलेन्सर परिवर्तन गर्ने, डीभी किलर झिकेर ठुलो आवाज निकाल्ने जस्ता मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राउतले बताए ।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरु मध्ये १६ वटा बुलेट, १३ वटा क्रसफायर, ७ वटा यामाहा आरवान फाइभ, ६ वटा केटीएम ड्युक, २ वटा बेनेली र अन्य ८ वटा गरी गरी ५२ वटा रहेका छन् ।

नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गराई स्वरुप परिवर्तन गरेकालाई आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय सतुङ्गल पठाइने र अन्यलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम ट्राफिक जरिवाना गरिने बताइएको छ ।

ध्वनी प्रदूषण गराई सवारी साधन चलाउँदा बिरामी, वृद्धवृद्धा, बालबालिका तथा संवेदनशील क्षेत्र (अस्पताल, स्कुल) मा प्रत्यक्ष असर पर्ने भएकाले चेकजाँचलाई अभियानकै रुपमा अगाडि बढाइएको प्रहरी उपरीक्षक राउतले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

ट्रायम्फ नेपालले सम्पन्न ग-यो एपिक राइड, ४० राइडर पुगे लो–मान्थाङ ।

ट्रायम्फ नेपालले सम्पन्न ग-यो एपिक राइड, ४० राइडर पुगे लो–मान्थाङ ।

काठमाडौं —ट्रायम्फकाे नेपालका लागि आधिकारिक वितरक, हंसराज हुलासचन्द एन्ड...

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम

काठमाडौँ – काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि साताव्यापी...

काठमाडौँ उपत्यकामा ट्राफिकको ‘नो हर्न’ अभियान पुन: सुरू

काठमाडौँ उपत्यकामा ट्राफिकको ‘नो हर्न’ अभियान पुन: सुरू

काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले फेरि ‘नो हर्न’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...