अल्ट्राभायोलेटको दसैँ अफर : हरेक मोटरसाइकल खरिदमा हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङ

काठमाडौं - प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै दसैँको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ।

नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले दसैँको अवसरमा अल्ट्राभायोलेटको मोटरसाइकल खरिद गर्ने प्रत्येक ग्राहकलाई निःशुल्क हेल्मेट र डायमन्ड कोटिङ उपलब्ध गराउने भएको छ। साथै, ग्राहकका लागि इजी फाइनान्सिङ सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दसैँ विशेष योजनाअन्तर्गत अल्ट्राभायोलेटको हरेक मोटरसाइकल खरिदमा ग्राहकले निःशुल्क हेल्मेट तथा डायमन्ड कोटिङ प्राप्त गर्नेछन्।

हालै नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा अल्ट्राभायोलेटले आफ्नो नयाँ क्रसओभर मोडल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरेको थियो। नेपालका लागि एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ।

दसैँको अवसरमा ल्याइएको यस योजनामार्फत अल्ट्राभायोलेटले ग्राहकलाई प्रिमियम इलेक्ट्रिक मोटरसाइकलसँगै हेल्मेट, डायमन्ड कोटिङ र इजी फाइनान्सिङको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

दसैँको अवसरमा अल्ट्राभायोलेट एक्स४७ खरिद गर्न चाहने ग्राहकले आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा सम्पर्क गरी दशैं अफर, इजी फाइनान्सिङ र एक्स४७ सम्बन्धी थप जानकारी लिन सक्नेछन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...