काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
काठमाडौँ – विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै...
काठमाडौं - नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी जेसीबी मेसिन ग्राहकहरूलाई हस्तान्तरण गरेको छ। कम्पनीले यो कार्यक्रम “जेसीबी शुभारम्भ” नाममा आयोजना गरेको हो।
हस्तान्तरण समारोह घटस्थापनाको परम्पराअनुसार सम्पन्न गरिएको थियो। प्रत्येक मेसिनको विधिवत् पूजा गरी टीका र माला अर्पण गरिएपछि ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिहरूको उपस्थितिमा ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो।
समारोहको अन्त्यमा केक काटी मिठाई वितरण गरिएको थियो र ग्राहकहरूले आफ्नो नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गरेका थिए। हस्तान्तरण गरिएका मेसिनमा जेसीबी थ्रीडीएक्स ब्याकहो लोडर, एस्काभेटर, एग्रिम्याक्स लगायतका मोडल रहेका छन्।
कार्यक्रममा एमएडब्ल्यू अर्थमुभर्स प्रालिका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दुर्गाप्रसाद निरौलाले भने, “घटस्थापनाको दिन हामी सबै शुभ काम सुरु गर्छौँ। आज २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबीसँग आफ्नो व्यवसायको नयाँ सुरुवात गर्नुभएको छ। हाम्रो लागि यो केवल मेसिन हस्तान्तरण होइन, २७ भन्दा बढी परिवार र व्यवसायको शुभारम्भ हो। हामीमाथि भरोसा गर्नुहुने सबै ग्राहकप्रति हामी आभारी छौँ।”
हस्तान्तरण गरिएका मेसिनहरू विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण, कृषि लगायत देशको आर्थिक विकासमा योगदान पुर्याउने क्षेत्रमा परिचालन हुनेछन्।
एमएडब्ल्यू अर्थमुभर्सले २४ वर्षभन्दा बढी समयदेखि नेपालमा जेसीबी मेसिन तथा सेवा उपलब्ध गराउँदै आएको छ। देशभर फैलिएको सञ्जालमार्फत यसले हाल १२ हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा दिइरहेको बताएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...