एमजी एस५ : यसकारण बन्दैछ एउटा फुल इलेक्ट्रिक एसयूभी


नेपाली अटोमोबाइल बजारमा विद्युतीय गाडी (ईभी) को पहुँच र लोकप्रियता तीव्र रूपमा विस्तार भइरहेको छ । अहिले शोरूम पुग्दा ग्राहकका अगाडि एउटै मूल्य दायराभित्र धेरै विकल्पहरू उपलब्ध छन् । तर, विकल्पको यो भीडमा गाडी छनोट गर्दा धेरैजसो ग्राहक एउटै प्रश्नमा अल्झिने गर्छन्—यसको मूल्य कति हो ?

वास्तवमा, ईभी खरिद गर्दा मूल्य मात्रै सबैथोक होइन । मुख्य कुरा त त्यो मूल्य तिरेपछि ग्राहकले वास्तवमा के–के प्राप्त गरिरहेको छ भन्ने हो । त्यसैले, अबको ईभी खरिद निर्णय केवल ‘प्राइस ट्याग’ मा होइन, गाडीको रेन्ज, पर्फर्मेन्स, ड्राइभिङ एक्सपिरियन्स, ड्राइभट्रेन, सस्पेन्सन, चार्जिङ क्षमता, प्रविधि, कम्फर्ट र समग्र ओनरसिप अनुभवलाई जोडेर हेरिने ‘भ्यालु फर मनी’ मा आधारित हुनुपर्छ ।

यसै सन्दर्भमा, आफ्नो मूल्य श्रेणीमा विभिन्न महत्वपूर्ण स्पेसिफिकेसन, अत्याधुनिक प्रविधि र आरामदायी सुविधालाई एउटै कम्प्लिट प्याकेजमा प्रस्तुत गर्दै एमजी एस५ एक उत्कृष्ट ‘भ्यालु ड्रिभन’ विद्युतीय एसयूभीका रूपमा स्थापित भइरहेको छ।

ईभी बजार र ग्राहकको बदलिँदो आवश्यकता
केही वर्ष अघिसम्म ईभी खरिद गर्दा मुख्य चासो गाडीले कति माइलेज वा रेन्ज दिन्छ र मूल्य कति हो भन्नेमा मात्र सीमित थियो । तर अहिले नेपाली ग्राहकहरू धेरै सचेत भइसकेका छन् । धेरै विकल्पहरू उपलब्ध हुँदा ग्राहकले अब एउटा मात्रै पक्षलाई हेरेर निर्णय लिँदैनन् । गाडीको दैनिक सञ्चालन सहजता, यात्राको आराम, प्रविधि र दीर्घकालीन स्थायित्व जस्ता पक्षहरू पनि उत्तिकै महत्त्वपूर्ण बनेका छन् ।

मूल्य भन्दा समग्र भ्यालु किन महत्त्वपूर्ण ?
समान बजेटमा पाइने ईभीहरूको तुलना गर्दा केवल कागजमा लेखिएको एउटा दाबीमा मात्रै भुल्नु उपयुक्त हुँदैन । एउटा परिपक्व ईभीमा ड्राइभट्रेनको सन्तुलन, सस्पेन्सनको गुणस्तर, फास्ट चार्जिङको गति र क्याविन कम्फर्टको समग्र प्याकेज सही अनुपातमा हुनुपर्छ । यी सबै पक्षको सन्तुलनले नै गाडीको वास्तविक र समग्र भ्यालु निर्धारण गर्छ ।

एमजी एस५ : एउटै प्याकेजमा समग्र भ्यालुको मिश्रण
समान विचारणीय सेटमा आउने विभिन्न ईभीहरूको बजारमा एमजी एस५ले आफ्नो अलग्गै पहिचान बनाएको छ । यसले कुनै एक पक्षलाई मात्र प्राथमिकता नदिई दैनिक आवतजावतदेखि लामो यात्रासम्म चाहिने हरेक आवश्यक प्रविधि र फिचरलाई सहज रूपमा समायोजन गरेको छ ।

धेरैजसो बजेट ईभीमा फ्रन्ट ह्विल ड्राइभ पाइने भए तापनि एमजी एस५ मा रियर ह्विल ड्राइभ दिइएको छ । यसले गाडीको अगाडि र पछाडिको भारलाई सन्तुलित बनाउँछ । उकालो बाटोमा अगाडिका चक्काहरु चिप्लिने समस्या कम हुनुका साथै मोडहरूमा गाडीको स्टेयरिङ कन्ट्रोल र ड्राइभिङ डाइनामिक्स असाध्यै उत्कृष्ट हुन्छ ।
नेपालको विविधतापूर्ण सडक—जहाँ कहिले सहज हाइवे त कहिले खाल्टाखुल्टी र कच्ची बाटो भेटिन्छ—त्यस्ता सडकका लागि इनडिपेन्डेन्ट ५–लिंक रियर सस्पेन्सन वरदान सावित हुन्छ । एमजी एस५ मा भएको यस महत्वपूर्ण फिचरले पछाडि बस्ने यात्रुहरूलाई धक्काको महसुस हुन दिँदैन र लामो यात्रामा पनि थकाइमुक्त र स्थिर यात्राको सुनिश्चितता गर्छ ।

एमजी एस५ ले ४३० किलोमिटर(डब्लूएलटीपी) सम्मको रेन्ज प्रदान गर्छ । यो रेन्ज काठमाडौँभित्रको दैनिक आउजाउका लागि मात्र नभई विकेन्डमा पोखरा, चितवन वा अन्य अन्तरसहर यात्राका लागि पनि पर्याप्त छ । यसका साथै, यसमा रहेको १५० किलोवाट सम्मको डीसी फास्ट चार्जिङ क्षमताले लामो यात्राका क्रममा हाइवेमा टी ब्रेक लिने समयमै ब्याट्री द्रुत गतिमा चार्ज गर्छ, जसले रेन्ज सम्बन्धी चिन्तालाई पूर्ण रूपमा हटाउँछ ।

एमजी एस५ मा रहेको २५० एनएम टर्कले गाडीलाई तत्काल रेस्पोन्सिभ एक्सिलिरेसन दिन्छ । नेपालका भिरालो उकालाहरू पार गर्दा होस् या हाइवेमा अन्य गाडीलाई सुरक्षित रूपमा आभेरटेक गर्दा, यसको पावर डेलिभरीले चालकलाई उच्च आत्मविश्वास प्रदान गर्छ ।

एमजी एस५ को क्याविन अत्याधुनिक र सुविधाजनक प्रविधिहरूले भरिपूर्ण छ । कारमा १२.८ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एप्पल कार प्ले/एन्ड्रोइड अटो तथा वायरलेस चर्जिङ, पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा र सुरक्षाका लागि उन्नत ड्राइभर एसिस्टेन्स फिचर उपलब्ध छन् ।

नेपाली ईभी बजारमा यहि सेग्मेन्टका अन्य विद्युतीय गाडीहरु समेत उपलब्ध भएपनि जब ग्राहकले समान बजेटभित्र कम्प्लिट प्याकेज-जसमा रियर ह्विल ड्राइभको स्टेबिलिटी, ५–लिंक इनडिपेन्डेन्ट सस्पेन्सनको कम्फर्ट, फास्ट चार्जिङ स्पिड र प्रिमियम फिचरको खोजी गर्छन्, एमजी एस५ एक व्यावहारिक र सबल विकल्पका रूपमा अगाडि आउँछ ।

पारमाउन्ट मोटर्सले दिलाएको दीर्घकालीन भरोसा
गाडी किन्नु भनेको केवल खरिद गर्ने दिनको निर्णय मात्र होइन, यो आगामी धेरै वर्षसम्मको यात्रा हो । एमजी एस५ को यो उत्कृष्ट प्याकेजलाई नेपालमा पारमाउन्ट मोटर्सले बिक्री–वितरण गर्दै आएको छ ।

कम्पनीले नेपाली अटोमोबाइल बजारमा लामो समयदेखि विश्वासिलो सर्भिस र नेटवर्क स्थापना गरेको छ । एमजी ब्रान्डलाई नेपालमा सफलताका साथ सञ्चालन गरेको यसको लामो अनुभवले ग्राहकमा उच्च विश्वास जगाएको छ ।

ईभी खरिदपछि ग्राहकलाई चाहिने मुख्य कुरा जेन्युइन पार्ट्सको उपलब्धता र दक्ष प्राविधिक टोली हो । पारमाउन्ट मोटर्सले आफ्नो फराकिलो सर्भिस नेटवर्कमार्फत गाडीको नियमित सर्भिसिङ, मर्मत र स्पेयर पाटर््स सहज रूपमा उपलब्ध गराउँदै आएको छ, जसले ग्राहक अनुभवलाई तनावमुक्त बनाउँछ ।

चाडपर्वमा विशेष फेस्टिभ अफर
नजिकिँदै गरेको दशैं–तिहार जस्ता महान चाडपर्वमा एमजी एस५ को खरिदमा ग्राहकहले ३ लाखसम्मको लाभ उठाउन सक्नेछन् । यस अफरले एमजी एस५ को पहिले नै उत्कृष्ट ‘भ्यालु फर मनी’ अवधारणालाई अझ बढी लाभदायक र आकर्षक बनाएको छ ।
ईभीको वास्तविक भ्यालु केवल प्राइस ट्यागले निर्धारण गर्दैन ।

त्यो मूल्यमा ग्राहकले कति सेफ्टि, पर्फमेन्स, कम्फर्ट, टेक्नोलोजी, ड्राइभिङ अनुभव र खरिदपछिको भरपर्दो ‘आफ्टर सेल्स सपोर्ट’ पाइरहेको छ भन्ने कुराले वास्तविक भ्यालु निर्धारण गर्छ ।

यदि तपाईं पनि समान बजेटमा एउटा व्यावहारिक, शक्तिशाली, आधुनिक र दीर्घकालीन रूपमा भरपर्दो विद्युतीय एसयूभीको खोजीमा हुनुहुन्छ भने, पारमाउन्ट मोटर्सको साथ र ३ लाखसम्मको फेस्टिभ लाभ सहितको एमजी एस५ तपाईंको लागि एउटा कम्प्लिट र बुद्धिमानी छनोट हुन सक्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...