धनगढीमा चांगनको नयाँ शोरुम खुल्दै, नेभो क्यू०५ सार्वजनिक हुने

काठमाडौं–चांगनले सुदूरपश्चिम प्रदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा कैलालीको धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याउने भएको छ ।

चांगनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धि अटोकर्पले सुदुरपश्चिमका लागि श्री ग्लोबल प्रालिलाई नयाँ डिलर नियुक्त गरेपछि यस क्षेत्रमा दिपल र नेभोका विद्युतीय एसयूभी भित्रिन लागेका हुन्। शोरुम उद्घाटनसँगै नयाँ विद्युतीय एसयूभी नेभो क्यू०५ सार्वजनिक गरिनेछ ।

भोली सोमबार बिहान शोरुम उद्घाटन र साँझ नेभो क्यू०५ सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो । ग्राहकलाई गाडीको प्रत्यक्ष अनुभव दिलाउन २६ देखि २९ असोजसम्म चारदिने टेस्ट ड्राइभ क्याम्पसमेत आयोजना गरिने कम्पनीले जनाएको छ ।

नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । आधुनिक डिजाइन, उन्नत ब्याट्री प्रविधि र फराकिलो केबिन यसको मुख्य विशेषता हुन् ।

यसमा ५१.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र गोल्ड शिल्ड २.० प्रविधि प्रयोग गरिएको छ । १२० किलोवाट क्षमताको मोटर जडान गरिएको यस कारले सिंगल चार्जमा ४६२ किलोमिटर रेन्ज पद्रान गर्दछ ।

कम्पनीका अनुसार उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई १५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसले अधिकतम १६२ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ समर्थन गर्छ ।

यो चिनियाँ बजारमासमेत लोकप्रिय बनिरहेको एसयूभी हो । चीनमा अगस्ट २०२६ को अन्त्यसम्म यस मोडलको कुल बिक्री १ लाख २५ हजार युनिट नाघेको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...