ठुलो ब्याट्री खेलाडी बन्ने ओलाको लक्ष्य

ओला इलेक्ट्रिकले अब विश्वव्यापी लिथियम–आयन ब्याट्री बजारमा ठुलो खेलाडी बन्ने योजना अघि बढाइरहेको छ ।

कम्पनीले ‘ओला गिगाफ्याक्री’मा निर्माण गर्दै आएको नयाँ ‘भारत सेल ४६८०’ को व्यावसायिक उत्पादन सुरु गरिसकेको छ र यसलाई विदेशी विद्युतीय सवारी निर्माता तथा स्कुटर कम्पनीहरूलाई आपूर्ति गर्ने लक्ष्य राखेको छ। कम्पनीले भविष्यमा अन्य कम्पनीका ईभीमा पनि मेड इन इन्डिया ४६८० सेल प्रयोग हुने अपेक्षा गरेको छ ।

कम्पनीले आफ्नो ब्याट्री उत्पादन क्षमता तीव्र रूपमा विस्तार गर्दैछ ।  हाल कम्पनीको उत्पादन क्षमता करिब ६ गिगावाट आवर रहेको छ र कम्पनीले जुलाई २०२७ सम्म यसलाई १२ गिगावाट आवर र आर्थिक वर्ष २०२७–२८ को अन्त्यसम्म २० गिगावाट आवर बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ।

कम्पनीले प्रस्तावित २० गिगावाट  आवरमध्ये करिब ६.५ गिगावाट आवर बाह्य ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चररलाई बिक्रीका लागि छुट्याउने योजना छ, जसले अरू कम्पनीको विद्युतीय कार र स्कुटरमा ओलाद्वारा निर्मित ब्याट्री सेलको प्रयोग हुने सम्भावना बढाउँछ।

पछिल्ला वर्षहरूमा घरेलु दुई-पाङग्रे ईभी बजारमा टीभीएस, बजाज, अथर र हिरो जस्ता ब्रान्डसँग कडा प्रतिस्पर्धा भोगिरहेको ओलाले यस रणनीति मार्फत आफ्नो व्यवसाय मोडल फराकिलो बनाउन खोजिरहेको छ। कम्पनीले फेब्रुअरी २०२६ सम्म अनुसन्धान, विकास र उत्पादन विस्तारमा करिब ५ हजार ३०० करोड भारु लगानी गरेको जनाएको छ र अन्तर्राष्ट्रिय कम्पनीहरूले अहिले ओलाको उत्पादन गुणस्तर र सञ्चालन क्षमताको मूल्याङ्कन गरिरहेको छ ।

रिपोर्टका अनुसार यदि ओलाले उत्पादन लक्ष्य र गुणस्तर सुनिश्चित गर्न सफल भयो भने मेड इन इन्डिया ४६८० सेलले विश्व बजारमा भारतीय बजारका लागि ठुलो ढोका खोल्नेछ र कम्पनीलाई एक प्रमुख ब्याट्री आपूर्तिकर्ता बनाउने सम्भावना बलियो हुनेछ ।

सम्बन्धित समाचारहरू

१ हजार किलोमिटरसम्म रेन्ज दिने नयाँ प्रविधिको सस्तो  ब्याट्री सार्वजनिक

१ हजार किलोमिटरसम्म रेन्ज दिने नयाँ प्रविधिको सस्तो ब्याट्री सार्वजनिक

चीनको अग्रणी ब्याट्री सप्लायर गोसन हाई टेकले १ हजार किलोमिटर रेन्ज दिने...

के हाे ईभी बास मोडल ? कम मूल्यले इलेक्ट्रिक सवारी सर्वसाधारणसम्म पुग्ने संकेत

के हाे ईभी बास मोडल ? कम मूल्यले इलेक्ट्रिक सवारी सर्वसाधारणसम्म पुग्ने संकेत

इलेक्ट्रिक सवारी साधनको बढ्दो लोकप्रियतासँगै बास(ब्याट्री–एज–ए–सर्भिस)...

एसियन ब्याट्रिजद्वारा अन्तर्राष्ट्रिय स्तरमा ‘मेड इन नेपाल’ को गौरवपूर्ण प्रदर्शन

एसियन ब्याट्रिजद्वारा अन्तर्राष्ट्रिय स्तरमा ‘मेड इन नेपाल’ को गौरवपूर्ण प्रदर्शन

एसियन ब्याट्रिज लिमिटेडले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...