अब बाइकका लागि पनि स्मार्ट नेभिगेसन, लामो यात्रालाई अझ सुरक्षित र सहज बनाउने
सिजिकले आफ्नो एपको संस्करण २६.४ मा एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि...
भारत जनसंख्या मात्र होइन, दुई पाङ्ग्रे सवारी साधनको प्रयोग र बजारको आकारका हिसाबले पनि विश्वकै अग्रणी देश बनेको छ। भारत हालै विश्वको सबैभन्दा ठूलो मोटरसाइकल बजारका रूपमा स्थापित भएको छ, जहाँ मोटरसाइकलको संख्या चीन र पाकिस्तानजस्ता देशभन्दा धेरै गुणा बढी रहेको छ।
आँकडाअनुसार भारतमा हाल करिब २२ करोड १० लाखभन्दा बढी मोटरसाइकल दर्ता छन्। यो संख्या विश्वकै सबैभन्दा ठूलो हो। मोटरसाइकल प्रयोग गर्ने शीर्ष पाँच देशहरूको सूचीमा चीन र पाकिस्तान पनि परे तापनि भारतको तुलनामा ती देशहरू धेरै पछाडि छन्। चीनको तुलनामा भारतमा करिब तीन गुणा बढी मोटरसाइकल छन् भने पाकिस्तानको तुलनामा भारतमा करिब नौ गुणा बढी मोटरसाइकल प्रयोगमा छन्।
विश्वमा सबैभन्दा धेरै मोटरसाइकल भएका देशहरूको सूचीमा भारत पहिलो स्थानमा छ। दोस्रो स्थानमा इन्डोनेसिया रहेको छ, जहाँ करिब ११ करोड २० लाख मोटरसाइकल छन्। तेस्रो स्थानमा चीन रहेको छ, जहाँ ८ करोड ५ लाख मोटरसाइकल दर्ता छन्। चौथो स्थानमा भियतनाम रहेको छ, जहाँ करिब ५ करोड ८ लाख मोटरसाइकल छन्।
पाँचौं स्थानमा भारतको छिमेकी देश पाकिस्तान रहेको छ, जहाँ करिब २ करोड ५ लाख मोटरसाइकल छन्। यसपछि थाइल्याण्ड, मलेसिया, साउदी अरब, ताइवान र दक्षिण अमेरिकी देश ब्राजिल पनि मोटरसाइकलको उच्च प्रयोग हुने देशको सूचीमा पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...