कोरला नाकामा एमजी एस५ र एस६, छिट्टै नै ग्राहकलाई डेलिभरी गरिने
काठमाडौं – नेपाली ग्राहकले अब केही दिनमै एमजी एस५ र एस६ ईभीको पनि डेलिभरी...
काठमाडौं–जेएसडब्लू एमजीको नयाँ ७ सिटर विद्युतीय एसयूभी हेक्टर टमहक नेपालमा लन्च भएको छ । नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी टमहक ईभी लन्च गरेको हो ।
कम्पनीले यस एसयूभीको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ भने पहिलो ५० जना ग्राहकलाई ५७ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने जनाएको छ ।
भारतमा उत्पादन गरिएको यस गाडीमा ६९.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक र १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसले ३१० एनएम टर्क जेनेरेट गर्छ भने शून्यदेखि १०० किमी प्रतिघण्टाको गति ८.२ सेकेन्डमै तय गर्न सक्छ ।
कम्पनीको दाबी अनुसार एक पटकको फुल चार्जमा यसले ५०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ । साथै, ९० किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गर्दा ३० देखि ८० प्रतिशत ब्याट्री करिब ३५ मिनेटमै चार्ज हुन्छ ।
गाडीमा भेहिकल–टु–लोड र भेहिकल–टु–होम प्रविधि समावेश गरिएको छ, जसले गर्दा गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरण वा घरमा समेत बिजुली आपूर्ति गर्न सकिन्छ । नेपालको सडक सुहाउँदो यस एसयूभीको ग्राउन्ड क्लियरेन्स २३० एमएम रहेको छ । यसको लम्बाइ ४,७४५ एमएम, चौडाइ १,८५० एमएम, उचाइ १,७७० एमएम र ह्वीलबेस २,८१० एमएम छ ।
बाहिरी डिजाइनमा इलुमिनेटेड एमजी लोगो, आकर्षक एलईडी हेडलाइट, १८ इन्चको डुअल–टोन एलोय ह्विल र बक्सी डिजाइन दिइएको छ । इन्टेरियरतर्फ भेन्टिलेटेड फ्रन्ट सिट, प्यानोरामिक सनरुफ, १० स्पीकरको इन्फिनिटी साउन्ड सिस्टम, २५६ रङको एम्बियन्ट लाइटिङ र नेप, क्याम्प तथा प्राइभेट मोड जस्ता ६ वटा विशेष क्याबिन मुडहरू उपलब्ध छन् ।
सुरक्षाका लागि ६ वटा एयरब्याग, ३६०–डिग्री क्यामेरा र अटोमेटिक इमर्जेन्सी ब्रेक, लेन किप असिस्ट तथा एडाप्टिभ क्रुज कन्ट्रोल सहितको लेभल २ एडास जडान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...