आफ्नै ईभी सेगमेन्ट सहित नेपाली बजार प्रवेश गर्दै क्रसफायर
काठमाडौं – परफर्मेन्स र एड्भेन्चर मोटरसाइकलका लागि चिनिएको क्रसफायरले...
काठमाडौं – नेपाली ग्राहकले अब केही दिनमै एमजी एस५ र एस६ ईभीको पनि डेलिभरी पाउने भएका छन् । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाल भित्र्याएका यी दुई मोडलका ईभी कोरला बोर्डर आइपुगेका छन् ।
स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् । यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।
यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।
एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।
यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।
एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।
उच्च क्षमताको १८० किलोवाट मोटर तथा ७७ किलोवाट आवर ब्याट्री प्याकले सुसज्जित एमजी एस६ ईभी ट्रफी लङ रेन्जले डब्लुएलटीपी मापदण्डअनुसार ५३० किलोमिटरको रेन्ज प्रदान गर्छ, जसले दैनिक यात्रा तथा लामो दूरीका यात्रामा उच्च आत्मविश्वास प्रदान गर्छ ।
नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ एमएम ग्राउण्ड क्लियरेन्स प्रदान गरिएको छ भने रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले अझ सहज, स्थिर तथा आरामदायी यात्रा सुनिश्चित गर्छ । रियर ह्विल ड्राइभ प्रविधिले अझ उत्कृष्ट तथा डायनामिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै यसको प्रिमियम डिजाइन, स्मार्ट कनेक्टिभिटी तथा आधुनिक ईभी प्रविधिले यसलाई अझ आकर्षक र परिष्कृत इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...