एमजी टमाहकको बुकिङ १० हजार नाघ्यो, विन्डसरको बिक्री १ लाख नजिक

काठमाडौं–नेपाली बजारमा हालै लन्च भएको एजमी हेक्टर टमाहकले भारतमा निकै राम्रो बुकिङ पाएको छ ।

केहि समयअघि मात्र लन्च भएको टमाहक ईभीले हालसम्म १० हजार युनि भन्दा बढि बुकिङ पाएको र विन्डसरको कुल बिक्री १ लाख युनिट नजिक पुगेको जनाइएको छ ।

सन् २०२४ मा सार्वजनिक गरिएको एमजी विन्डसरले हालसम्म होलसेल बिक्रीमा करिब ८८ हजार युनिटको आँकडा पार गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिस्पर्धा बढ्दै गए पनि विन्डसरको बिक्री सन्तोषजनक रूपमा अघि बढिरहेको छ ।

कम्पनीको कुल बिक्रीमा विन्डसरको योगदान ५० देखि ५५ प्रतिशत रहेको बताइएको छ । यसले भारतीय विद्युतीय कार बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

भारतमा ईभीको माग बढ्नुमा चार्जिङ पूर्वाधारको विस्तार, ब्याट्री–एज–ए–सर्भिस (बीएएएस) सुविधा र बाइब्याक स्किमले सहयोग पु-याइरहेको छ । यी सुविधाले विद्युतीय सवारीसाधन खरिद गर्दा ग्राहकले सामना गर्ने प्रारम्भिक लागत र पुनः बिक्रीसम्बन्धी चिन्ता कम गर्न मद्दत गर्दछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...