इलेक्ट्रिक मोटरसाइकलमा फोन कनेक्ट गर्ने फिचर राख्दै नेपाली ब्राण्ड यात्री
काठमाडौं– नेपालली इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड यात्रीले आफ्नो नयाँ...
काठमाडौं - ट्रायम्फ मोटरसाइकल्स नेपालले आफ्नो प्रसिद्ध ४०० सीसी मोडर्न क्लासिक पोर्टफोलियोलाई विस्तार गर्दै नयाँ ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससीलाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
नक्सालस्थित बाइकर्स क्याफेमा भएकाे भव्य समाराेहका बीच साे माेटरसाइकल सार्वजनिक गरिएकाे हाे। कार्यक्रममा सञ्चारकर्मी, सेलिब्रेटी तथा ट्रायम्फका राइडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले नेपालका मोटरसाइकल प्रेमी समुदायमा ठूलो उत्साह सिर्जना गर्यो।
उक्त ग्रान्ड रिभिल कार्यक्रम ट्रायम्फ मोटरसाइकल्स नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आयोजना गरिएको हो।
दैनिक प्रयोगसँगै एड्भेन्चर मनपराउने राइडरहरूका लागि डिजाइन गरिएको ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी उत्कृष्ट अफरोड क्षमता र गुणस्तरीय कारीगरीसहित बनाइएको हो। यो मोटरसाइकल नेपालकाे भाैगाेलिक विविधता भएकाे शहरदेखि पहाडी क्षेत्रसम्म सहजै लैजान सक्ने गरी निर्माण गरिएकाे कम्पनीकाे भनाइ छ ।
प्रारम्भिक मूल्य ७ लाख ९९ हजार ९ सय रुपैयाँ रहेकाे ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी देशभरका ट्रायम्फका आधिकारिक डिलर नेटवर्कमार्फत बिक्रीका लागि उपलब्ध छ। साथै, देशभरका ग्राहकहरूका लागि प्रि–बुकिङ्ग पनि औपचारिक रूपमा खुला गरिएको छ।
यस अवसरमा ट्रायम्फ मोटरसाइकल्स नेपालका म्यानेजर सागर थापा ले भने, “नेपालको राइडिङ समुदाय निरन्तर विकसित हुँदै गइरहेको अवस्थामा स्क्र्याम्बलर ४०० एक्ससी जस्तो मोटरसाइकल सार्वजनिक गर्न पाउँदा हामी गाैरवान्वित छाैं। नेपालका विविध भू–भागहरूलाई ध्यानमा राखी बनाइएको यस मोटरसाइकलले बलियाे क्षमता र उत्कृष्ट डिजाइनलाई एकसाथ जोड्दै, अनरोड र अफरोड दुवै अवस्थामा राइडरलाई आत्मविश्वास प्रदान गर्दछ।”
प्रिमियम डिटेलिङ, एड्भेन्चर केन्द्रित अपग्रेडहरू र रेट्रो लुक्ससहित, नयाँ ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससीले नेपालमा मिड क्यापासिटी एड्भेन्चर राइडिङलाई पुनःपरिभाषित गर्ने ट्रायम्फको प्रतिबद्धतालाई अझ मजबुत बनाएकाे कम्पनीको भनाइ छ ।
काठमाडौं– नेपालली इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड यात्रीले आफ्नो नयाँ...
काठमाडौं – सीएफमोटो समेत नेपालको लाइटवेट ड्युअल–स्पोर्ट मोटरसाइकल...
ट्रायम्फ मोटरसाइकल इन्डियाले भारतीय बजारमा आफ्नो नयाँ क्याफे रेसर बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...