याङ्गो राइडको सुरक्षा प्रतिवेदन सार्वजनिक, लापरवाहीपूर्वक सवारी चलाउने घटना ३१ प्रतिशत घट्यो

विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले आफ्नो सुरक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा यात्रु तथा साझेदार चालकका लागि सुरक्षित यातायात अनुभव सुनिश्चित गर्न प्रयोग भइरहेका प्रविधि, सहायता प्रणाली र समुदायमा सञ्चालन गरिएका सुरक्षा कार्यक्रमबारे जानकारी दिइएको छ ।

याङ्गो राइड हाल मध्यपूर्व तथा उत्तर अफ्रिका, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाका २५ भन्दा बढी देशमा सञ्चालनमा रहेको छ ।

२०२४–२०२५ का प्रमुख तथ्य

याङ्गो राइडका बजारमा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटनामा विश्वव्यापी रूपमा ३१ प्रतिशत कमी आएको प्रतिवेदनमा उल्लेख छ । प्रति १० लाख यात्रामा यस्तो घटना ९.८३ बाट घटेर ६.७६ मा पुगेको छ ।

त्यस्तै, रिपोर्ट गरिएका लापरवाहीपूर्वक सवारी चलाउने घटनामा सबै क्षेत्रमा कमी आएको छ । अफ्रिकामा ३८ प्रतिशत, ल्याटिन अमेरिकामा २४ प्रतिशत तथा मध्यपूर्व र दक्षिण एसियामा ४७ प्रतिशत कमी आएको कम्पनीले जनाएको छ ।

याङ्गो राइडका विश्वव्यापी सञ्चालनमा औसतमा ६४ हजार किलोमिटरमा एक पटक मात्र दुर्घटना वा दुर्घटना हुनसक्ने अवस्था रिपोर्ट हुने गरेको छ । कम्पनीका अनुसार यो दूरी भौगोलिक रूपमा टाढा रहेका बजार पेरु र पाकिस्तानबीच दुई पटक आवतजावत गरेजति हो ।

गोपनीयता सुरक्षित गर्ने कल प्रविधि प्रयोग गरिएका बजारमा राइडपछि हुने सम्पर्कमा पनि उल्लेखनीय कमी आएको छ । सन् २०२६ को प्रारम्भिक तथ्याङ्कअनुसार पेरुमा ८१ प्रतिशत, कोलम्बियामा ७८ प्रतिशत र पाकिस्तानमा ३१ प्रतिशत कमी आएको छ । राइडपछि हुने अनावश्यक सम्पर्कलाई अफ–प्लेटफर्म विवादको एउटा प्रमुख संकेतका रूपमा हेरिन्छ ।

सन् २०२४–२०२५ मा याङ्गो राइडको ठगी नियन्त्रण प्रणालीले सम्भावित ठगीका संकेत पहिचान गरी विश्वभर १७ हजार २७५ यात्रु खाता बन्द गरेको छ । यसले साझेदार चालकलाई सम्भावित ठगी वा हानिकारक अन्तरक्रियाबाट सुरक्षित राख्न सहयोग गरेको कम्पनीले जनाएको छ ।

तत्काल सहायता सेवा २४ घण्टा, सातै दिन उपलब्ध रहेको छ । विश्वभर तत्काल सहायता आवश्यक पर्ने ९० प्रतिशत घटनामा तालिमप्राप्त विशेषज्ञले पाँच मिनेटभित्र पहिलो सम्पर्क गर्ने लक्ष्य राखिएको छ ।

राइडको हरेक चरणमा सुरक्षा प्रविधि

याङ्गो राइडका अनुसार यी परिणामहरू प्रत्येक राइडअघि, राइडको समयमा र राइडपछि लागू हुने समग्र सुरक्षा प्रणालीको परिणाम हुन् ।

राइड सुरु हुनुअघि नै यात्रु र चालकको पहिचान तथा आवश्यक कागजातको प्रमाणीकरण गरिन्छ । यसअन्तर्गत चालकको लाइसेन्स जाँच, समय–समयमा सेल्फीमार्फत पहिचान पुष्टि तथा ठगी नियन्त्रण प्रणाली प्रयोग गरिन्छ । यसले सेवामा को प्रवेश गर्न सक्छ भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

राइडको समयमा यात्रु र चालकले सुरक्षा केन्द्र प्रयोग गर्न सक्छन् । यसमार्फत राइडको मार्ग परिवार वा विश्वासिला व्यक्तिसँग साझा गर्न, समस्या आएमा सहायता लिन तथा आपत्कालीन बटनमार्फत सहायता लिन सकिन्छ ।

याङ्गो राइडले जीपीएस र चालकको व्यवहारको निगरानी गरेर असुरक्षित सवारी पहिचान गर्ने जनाएको छ । बारम्बार असुरक्षित सवारी चलाएको पाइएमा चेतावनी दिने वा आवश्यक परे प्लेटफर्मबाट हटाउनेसम्मको कारबाही गरिन्छ ।

हरेक राइडपछि यात्रु र चालकले एकअर्कालाई मूल्याङ्कन तथा प्रतिक्रिया दिन सक्छन् । यसले उनीहरूको समग्र मूल्याङ्कनमा प्रभाव पार्छ ।

याङ्गो राइडको एपभित्रकै कल सुविधाले यात्रु र चालकबीचको कुराकानीलाई सुरक्षित माध्यमभित्र राख्छ । यसका कारण दुवै पक्षले आफ्नो व्यक्तिगत फोन नम्बर एकअर्कासँग साझा गर्नुपर्दैन ।

एपभन्दा बाहिर पनि सुरक्षा साझेदारी

याङ्गो राइडको सुरक्षा उपलब्धि प्रविधिमा मात्र आधारित नभएको कम्पनीले जनाएको छ । विभिन्न बजारमा सरकारी निकाय, सडक सुरक्षा संस्था र स्थानीय समुदायसँग सहकार्य गर्दै सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउँदै आएको कम्पनीको भनाइ छ ।

पाकिस्तानमा पञ्जाब सेफ सिटिज अथोरिटीसँगको सहकार्यअन्तर्गत प्रयोगकर्ताले एपमार्फत आपत्कालीन सेवामा सम्पर्क गर्दा राइडसम्बन्धी जानकारी र स्थानसम्बन्धी विवरण प्रहरीसमक्ष स्वचालित रूपमा पठाइन्छ । यसले घटनास्थलमा छिटो सहायता पुर्‍याउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।

अंगोलामा एकीकृत सार्वजनिक सुरक्षा केन्द्रसँग गरिएको समझदारीपत्रमार्फत सुरक्षा तथा सम्बन्धित घटनामा सहकार्य गर्न व्यवस्थित माध्यम तयार गरिएको छ ।

जाम्बियामा जाम्बिया रोड सेफ्टी ट्रस्टसँगको सहकार्यमा सञ्चालन गरिएको सुरक्षित विद्यालय यात्रा कार्यक्रमअन्तर्गत लुसाकाका पाँच विद्यालयमा सडक सुधार तथा सडक सुरक्षा सम्बन्धी शिक्षा प्रदान गरिएको छ । यस कार्यक्रमबाट करिब ८ हजार विद्यार्थी लाभान्वित भएको कम्पनीले जनाएको छ ।

ल्याटिन अमेरिकामा लापरवाहीपूर्वक सवारी २४ प्रतिशत घट्यो

याङ्गो राइडको यात्रु र चालक सुरक्षा सुधारसम्बन्धी २०२४–२०२५ को सुरक्षा प्रतिवेदनअनुसार ल्याटिन अमेरिकामा लापरवाहीपूर्वक सवारी चलाउने घटना २४ प्रतिशतले घटेका छन् । प्रति १० लाख राइडमा यस्तो घटना ११.७७ बाट घटेर ८.९१ मा पुगेको छ ।

याङ्गो राइडको सुरक्षा प्रणालीले सम्भावित ठगीका कारण ९ हजार ७८४ यात्रु खाता बन्द गरेको छ । साथै, २०२४–२०२५ मा यस क्षेत्रमा १५ वटा नयाँ सुरक्षा सुविधा तथा सुधार थप गरिएको छ ।

सन् २०२६ को तथ्याङ्कअनुसार राइडपछि हुने अनावश्यक सम्पर्कसम्बन्धी गुनासोमा पनि ठूलो कमी आएको छ । पेरुमा ८१ प्रतिशत, कोलम्बियामा ७८ प्रतिशत र बोलिभियामा ७० प्रतिशत कमी आएको कम्पनीले जनाएको छ ।

पेरुमा नयाँ सवारी निगरानी र गति नियन्त्रण प्रणाली लागू गरेपछि आक्रामक सवारीसम्बन्धी रिपोर्ट २५ प्रतिशतले घटेको छ । दुर्घटना १५ प्रतिशत र चालक तथा यात्रुबीच हुने मौखिक विवादसम्बन्धी गुनासो ३० प्रतिशतले घटेको जनाइएको छ ।

बोलिभियामा पनि आक्रामक सवारीका घटना २० प्रतिशतले घटेका छन् ।

अफ्रिकामा लापरवाहीपूर्वक सवारी ३८ प्रतिशत घट्यो

सुरक्षा प्रतिवेदनअनुसार २०२४–२०२५ मा नयाँ सवारी निगरानी र गति नियन्त्रण प्रणाली लागू गरेपछि अफ्रिकाभरि लापरवाहीपूर्वक सवारी चलाउने घटनामा ३८ प्रतिशत कमी आएको छ ।

देशअनुसार कोट डी आइभोरमा ३५ प्रतिशत, जाम्बियामा ४९ प्रतिशत, अंगोलामा ३४ प्रतिशत र सेनेगलमा ३३ प्रतिशत कमी आएको कम्पनीले जनाएको छ ।

सन् २०२६ को तथ्याङ्कअनुसार व्यक्तिगत फोन नम्बर सुरक्षित राख्ने एपभित्रकै कल प्रविधि लागू गरेपछि राइडपछि हुने सम्पर्कसम्बन्धी गुनासोमा पनि कमी आएको छ । कोट डी आइभोरमा ११ प्रतिशत, अंगोलामा २२ प्रतिशत, सेनेगलमा ८ प्रतिशत र जाम्बियामा ४ प्रतिशत कमी आएको छ ।

याङ्गो राइडका प्रमुख कार्यकारी अधिकृत रोमन कार्लासका अनुसार सुरक्षा कुनै निश्चित सुविधा मात्र नभई निरन्तर जिम्मेवारी हो । यात्रु र साझेदार चालकबीचको हरेक सम्पर्कलाई सुरक्षित र जिम्मेवार बनाउनु याङ्गो राइडको मुख्य उद्देश्य रहेको उनले बताएका छन् ।

उनका अनुसार प्रतिवेदनका तथ्याङ्कले प्रविधि, विशेषज्ञको सहयोग र स्थानीय ज्ञानलाई प्रभावकारी रूपमा प्रयोग गर्दा सुरक्षा सुधार गर्न सकिने देखाएको छ । ल्याटिन अमेरिकामा लापरवाहीपूर्वक सवारीका घटना २४ प्रतिशतले घट्नुका साथै सुरक्षित सञ्चार प्रणाली लागू गरिएका बजारमा राइडपछि आउने गुनासोमा पनि उल्लेखनीय कमी आएको उनले बताएका छन् ।

याङ्गो राइडले राइड सुरु हुनुअघि, राइडको समयमा र राइडपछि सुरक्षा सुनिश्चित गर्ने प्रणालीमा निरन्तर लगानी गर्ने जनाएको छ । यसअन्तर्गत दुर्घटना तथा जोखिम रोकथाम, जोखिम पहिचान र आवश्यक सहायतामा थप सुधार गरिने कम्पनीको भनाइ छ, ताकि यात्रु र चालक दुवैले अझ सुरक्षित अनुभव पाउन सकून् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...