आजदेखि नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीसाधनलाई शुल्क
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भएर गुड्ने सवारीसाधनले आज...
काठमाडौँ–सडक सुरक्षा अभिवृद्धि गर्ने, ट्राफिक नियमको प्रभावकारी पालना गराउने तथा सुरक्षित यातायात प्रणालीको विकास गर्ने उद्देश्यले काठमाडौँमा एक विशेष जनचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँको रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) मा आयोजित उक्त कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मुख्य रूपमा सडक सुरक्षा, ट्राफिक नियमहरूको पालना, सवारी दुर्घटना न्यूनीकरण, पैदलयात्रीको सुरक्षा र जिम्मेवार सडक व्यवहारबारे विस्तृत छलफल तथा अन्तर्क्रिया गरिएको थियो ।
सडक दुर्घटनाहरूलाई न्यूनीकरण गर्न चालक, पैदलयात्री तथा सडक प्रयोग गर्ने सम्पूर्ण पक्षहरू उत्तिकै जिम्मेवार हुनुपर्ने र ट्राफिक नियमहरूको पूर्ण पालना गर्नुपर्ने कुरामा वक्ताहरूले जोड दिएका थिए ।
यस प्रकारका कार्यक्रमहरूले सुरक्षित सडक संस्कृतिको विकास गर्न, ट्राफिक नियमप्रति जनचेतना जगाउन र एक जिम्मेवार यातायात प्रणाली निर्माण गर्न महत्वपूर्ण सहयोग पु-याउने विश्वास व्यक्त गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...