उकालो–ओरालो सडकमा सावधानी : गति होइन, नियन्त्रणले बचाउँछ जीवन
नेपालका सडकहरूमा उकालो–ओरालो, घुम्ती, साँघुरा मोड र तीव्र ढलान सामान्य...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भएर गुड्ने सवारीसाधनले आज आइतबारदेखि शुल्क तिर्नुपर्ने भएको छ । सडक बोर्डले कार्यकारी समितिको १२ असोजको निर्णय तथा राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाअनुसार शुल्क लिने निर्णय गरेको हो ।
सडक बोर्डको निर्णयअनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनी बस–ट्रक र ट्रिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
निर्माण थालेको ८० महिनापछि ११ साउनमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको थियो । पहिलो लटमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीलाई प्रवेश अनुमति दिइएको थियो । दोस्रो लटमा ८ भदौमा साना र ९ सिट क्षमताका सवारीलाई प्रवेश खुला गरिएको थियो । तेस्रो चरणमा काठमाडौंबाट बाहिरिने साना माइक्रो बस र मिनी बसलाई प्रवेश अनुमति खुला गर्ने तयारी थियो । यही बेला १७ भदौमा नागढुंगा ओरालोमा सडक भासिएर सवारी आवागमन ठप्प बनेपछि बिनाशुल्क सबै सवारीका लागि सुरुङ खुला गरिएको थियो । जसअनुसार शनिबार १४ कात्तिकसम्म बिनाशुल्क सवारीसाधन चल्न दिइएको हो ।
सुरुङमार्गभित्र सवारीका लागि गति तोकिएको छ । प्रतिघण्टा ४० किमिको गतिमा सवारी चलाउनुपर्नेछ । सुरुङ नहुँदा धादिङबाट काठमाडौं आउँदा नागढुंगा उकालोमा सवारी चाप हुने बेला साना सवारीलाई १५ र ठूलालाई ३५ मिनेट समय लाग्थ्यो । सुरुङमार्गबाट ७ मिनेटमै धादिङको सिस्नेखोलादेखि बलम्बुको किसिपिडी आइपुगिने आयोजनाको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...