चर्चामा शाओमी वाईयू७ इलेक्ट्रिक एसयूभी, ३ मिनेटमै २ लाख युनिट बुकिङ, ८३५ किमी रेन्ज

चीनको स्मार्टफोन निर्माता कम्पनी शाओमीले आफ्नो दोस्रो इलेक्ट्रिक कार शाओमी वाईयू७ एसयूभी लन्च गर्दै इलेक्ट्रिक गाडीको क्षेत्रमा ठूलो चर्चा बटुलेको छ । आकर्षक डिजाइन, दमदार प्रदर्शन र लामो रेन्जका साथ आएको यस एसयूभीले टेस्ला मोडल वाईलाई टक्कर दिने दाबी गरिएको छ।

शाओमी वाईयू७ तीन भेरिएन्टमा लन्च गरिएको छ । सो एसयूभीको बुकिङ खुला भएको ३ मिनेटभित्रै २ लाख युनिट बुक हुनुले यसको लोकप्रियता स्पष्ट देखाउँछ। यसको मूल्य र सुविधा संयोजनले बजारमा हलचल ल्याउने निश्चित छ।

सो कारको सबैभन्दा ठूलो विशेषता भनेको यसको रेन्ज हो । वाईयू७ मा ९६.३ किलोवाट आवर ब्याट्री दिइएको छ जसले ८३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसको प्रो र म्याक्स भेरिएन्टमा पनि उच्च क्षमताका ब्याट्री समावेश छ, जसले क्रमशः ७७० किलोमिटर र ७६० किलोमिटरसम्मको रेन्ज दिन्छ ।

वाईयू७ को सिंगल मोटरले ३१९ एचपी र ५२८ एनएमको टर्क उत्पन्न गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टा मात्र ५.८८ सेकेन्डमा पुग्छ । प्रो र म्याक्स भेरिएन्टमा ड्युअल मोटर र एडब्ल्युडी सिस्टम समावेश छ, जसले तीव्र गति र उच्च पावर प्रदान गर्छ।

शाओमी वाईयू७ को बाहिरी डिजाइन अत्यन्तै आकर्षक देखिन्छ। यसमा एलईडी हेडलाइट, फ्लश फिटेड डाेर ह्यान्डल र स्टाइलिश अलोय ह्विल समावेश गरिएको छ । यसको लम्बाइ झण्डै ४ मिटर, चौडाइ २ मिटर, उचाइ १६०० एमएम र ह्विलबेस ३००० एमएम रहेको छ।

सो एसयूभीमा १६.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले, प्यानोरामिक डिस्प्ले, ड्युअल रियर स्क्रिनसहितका मनोरञ्जन सुविधा, रिमोट कन्ट्रोल र एडास प्रविधि समावेश छ। साथै, लिडार र राडार आधारित सुरक्षा प्रणाली, स्मार्ट भण्डारण र लक्जरी सिटिङ पनि समावेश छ ।

सम्बन्धित समाचारहरू

कुनै समयमा लोकप्रिय मानिएको फोर्ड क्याप्री अब इलेक्ट्रिक भर्सनमा, ६२७ किमी रेन्ज दिने

कुनै समयमा लोकप्रिय मानिएको फोर्ड क्याप्री अब इलेक्ट्रिक भर्सनमा, ६२७ किमी रेन्ज दिने

फोर्डले आफ्नो पुरानो कार फोर्ड क्याप्रीको इलेक्ट्रिक भेरिएन्ट ल्याएको छ ।...

१० लाख ७५ हजारको बाइक २ लाख डाउन पेमेन्ट र १ लाख एक्सचेन्ज बोनस सहित उपलब्ध

१० लाख ७५ हजारको बाइक २ लाख डाउन पेमेन्ट र १ लाख एक्सचेन्ज बोनस सहित उपलब्ध

काठमाडौं – नेपालका लागि अल्ट्राभायोलेट बाइकको आधिकारिक वितरक केडिया...

फोर्डले देखायो फक्सवागन प्लेटफर्ममा तयार हुन लागेको नयाँ ईभी

फोर्डले देखायो फक्सवागन प्लेटफर्ममा तयार हुन लागेको नयाँ ईभी

अमेरिकन अटो निर्माता फोर्डले नयाँ ईभी एक्सप्लोररलाई वाहिर ल्याएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...