कुनै समयमा लोकप्रिय मानिएको फोर्ड क्याप्री अब इलेक्ट्रिक भर्सनमा, ६२७ किमी रेन्ज दिने

फोर्डले आफ्नो पुरानो कार फोर्ड क्याप्रीको इलेक्ट्रिक भेरिएन्ट ल्याएको छ । जसलाई म्यानचेस्टर युनाइटेड र फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी एरिक क्यान्टोनाले विश्वसामु प्रस्तुत गरेका थिए । सो कार हाललाई युरोपेली बजारमा ल्याइएको हो ।

सन् १९६८ मा प्रस्तुत गरिएको फोर्ड क्याप्रीलाई युरोपको लागि मस्ताङको रूपमा प्रचार गरिएको थियो । फोर्ड क्याप्री स्टाइलिश २ डोर कुपे थियो जुन फोर्ड युरोपको सबैभन्दा प्रसिद्ध कार कोर्टिनामा आधारित थियो ।

नयाँ फोर्ड क्याप्री ईभी ३ बक्स क्रसओभर सेडान कार हो । यसमा हाई राइडिङ स्ट्यान्स र रुफ जस्तै फास्टब्याक दिइएको छ । साथै उत्कृष्ट डिजाइन गरिएको हेडलाइट प्रदान गरिएको छ । सो कारको इन्टेरियरमा १४.६ इन्चको पोर्ट्रेट शैलीको इन्फोटेनमेन्ट स्क्रिन फ्लोटिङ सेन्टर कन्सोल रहेको छ । यसको स्टेयरिङ ह्विल पुरानो मोडल क्याप्रीको जस्तै देखिन्छ ।

फोर्ड क्याप्री ईभीको पावरट्रेनको लागि ७७ किलोवाटको ब्याट्री प्याक दिइएको छ, जसले ६२७ किलोमिटरको रेन्ज दिन्छ। सो कार ६.४ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्ने कम्पनीको दाबी छ । यसको टप एडब्ल्युडी भेरिएन्ट भीडब्ल्यु आईडी.५ जीटीएक्स ट्रिममा ७९ किलोवाट ब्याट्री प्याक दिइएको छ, जसले ५९२ किलोमिटरको रेन्ज दिन्छ । सो भेरिएन्टले ५.३ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्छ ।

फोर्ड क्याप्री ईभी अहिले युरोपमा लन्च गरिएको छ । भविष्यमा कुनै समयमा नेपालमा पनि आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा थपियो उत्कृष्ट रेन्जको अर्को इलेक्ट्रिक भ्यान

नेपाली बजारमा थपियो उत्कृष्ट रेन्जको अर्को इलेक्ट्रिक भ्यान

काठमाडौं नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक भ्यान अर्थात...

रोल्स रोयसको पहिलो इलेक्ट्रिक कार सार्वजनिक, यस्ता छन् फिचर

रोल्स रोयसको पहिलो इलेक्ट्रिक कार सार्वजनिक, यस्ता छन् फिचर

लक्जरी कार निर्माता रोल्स रोयसले आफ्नो पहिलो इलेक्ट्रिक कार स्पेक्टर...

टाटा मोटर्सले अप्रिल २९ मा अल्ट्रोज ईभी सार्वजनिक गर्ने

टाटा मोटर्सले अप्रिल २९ मा अल्ट्रोज ईभी सार्वजनिक गर्ने

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको इलेक्ट्रिक कार सेगमेन्टमा दबदबा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...