यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य
लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...
काठमाडौं – नेपालका लागि अल्ट्राभायोलेट बाइकको आधिकारिक वितरक केडिया इन्टरनेसनलले अल्ट्राभायोलेट एफ७७ बाइकमा आकर्षक अफर ल्याएको छ । १० लाख ७५ हजार रुपैयाँ मूल्यको सो बाइक अब २ लाख रुपैयाँ डाउन पेमेन्टमै उपलब्ध हुने भएको हो ।
अफर अनुसार कुनै पनि ब्रान्डको पुरानो बाइकसँग अल्ट्राभायोलेट एफ७७ बाइक साट्न सकिने छ । यसरी बाइक साट्दा १ लाख एक्सचेन्ज बोनस उपलब्ध हुनेछ । त्यसैगरी २ लाख रुपैयाँ मात्र डाउन पेमेन्टको रुपमा सुरुमा रकम बुझाए हुनेछ । बाँकी रकम शून्य प्रतिशत ब्याजदरको आधारमा किस्ताबन्दीमा बुझाउन सकिने छ ।
अल्ट्राभायोलेट एफ७७ मा १०.३ किलोवाट आवरको ब्याट्री प्याक र २९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३०७ किलोमिटर रेन्ज पाउन सकिने दावी छ । साथै मोटरको पावर ४०.२ बीएचपी र टर्क १०० एनएम छ । बाइकलाई ३२३ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
बाइकमा तीनवटा राइडिङ मोड, ५ इन्चको टिएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, राइड एनालिटिक्स, पूर्णत एलईडी लाइट, प्रिलोड एड्जस्टेवल सस्पेन्सन, रिजेनेरिटिभ ब्रेकिङ र डुअल च्यानल एबिएस लगायत फिचर दिइएको छ ।
१३४० एमएम लामो ह्विलबेश भएको बाइकमा १६० एमएम ग्राउन्ड क्लिरियन्स पाउन सकिन्छ भने सिट हाइट ८०० एमएम रहेको छ । बाइकको तौल २०७ किलोग्राम छ । यो मोटरसाइकल ९ भिन्न कलर अप्सनमा उपलब्ध छ ।
लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...
क्रुजर बाइकका लागि अन्तर्राष्ट्रिय बजारमा प्रचलित अमेरिकी कम्पनी हार्ले...
काठमाडौं – चाइना एडले संसद सचिवालयलाई बीवाईडीका विद्युतीय कार उपलब्ध...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...