१२ मिनेटमै १० हजार अर्डर, जिली ब्याटलशिप ७०० सार्वजनिक

काठमाडौं–चिनियाँ अटो निर्माता जिलीले नयाँ प्लग–इन हाइब्रिड अफरोड एसयूभी ब्याटलशिप ७०० सार्वजनिक गरेको छ ।

चीनमा अक्टोबर १० मा सार्वजनिक गरिएको यो एसयूभीले १२ मिनेटमै १० हजारभन्दा बढी अर्डर प्राप्त गरेको कम्पनीको दाबी छ । यसले बीवाडीको फेङचेङबाओ टीआई७ लगायतका मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

जिली ग्यालेक्सि ब्रान्डअन्तर्गत ल्याइएको ब्याटलशिप ७०० मा १.५ लिटर टर्बो पेट्रोल र २.० लिटर टर्बो पेट्रोल इन्जिनका विकल्प उपलब्ध गराइएको छ । भेरियन्टअनुसार यसले ४६९ देखि १ हजार ११४ हर्सपावरसम्मको संयुक्त शक्ति उत्पादन गर्छ । सबैभन्दा शक्तिशाली संस्करणले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ३.९५ सेकेन्डमा हासिल गर्न सक्ने दाबी गरिएको छ ।

यसमा ४७.१४ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ । कम्पनीका अनुसार यसको अधिकतम विद्युतीय रेन्ज ३०५ किलोमिटर र पेट्रोल तथा विद्युतीय शक्तिको संयुक्त रेन्ज १ हजार ७७० किलोमिटरसम्म छ ।

अफरोड यात्रालाई ध्यानमा राखेर तयार गरिएको यो एसयूभीमा अल ह्विल ड्राइभ, एयर सस्पेन्सन र निरन्तर समायोजन गर्न सकिने ड्याम्पिङ प्रणाली उपलब्ध छन् । यसले अधिकतम ८०० मिलिमिटर गहिराइसम्मको पानी पार गर्न सक्ने कम्पनीको दाबी छ ।

गाडीको इन्टेरियरमा पाँचवटा स्क्रिन, १५.४ इन्चको २के सेन्ट्रल डिस्प्ले, यात्रुका लागि छुट्टै स्क्रिन, मसाजयुक्त सिट र १८.५ लिटर क्षमताको फ्रिजजस्ता सुविधा छन् ।

चीनमा यसको सुरुवाती मूल्य १ लाख ७९ हजार ८०० देखि ३ लाख ६९ हजार ८०० युआनसम्म तोकिएको छ । शक्तिशाली हाइब्रिड प्रणाली, लामो रेन्ज र आधुनिक सुविधाका कारण ब्याटलशिप ७०० ले चिनियाँ एसयूभी बजारमा प्रतिस्पर्धा थप तीव्र बनाउने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...