भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व...
काठमाडौं - चांगान दिपलले सुदूरपश्चिम प्रदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा कैलालीको धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। धनगढी–१३, राजपुरमा रहेको श्री ग्लोबल प्रालिले चांगानका दिपल र नेभो ब्रान्डका विद्युतीय सवारीसाधन बिक्री तथा ग्राहक सेवा प्रदान गर्नेछ।
चांगानको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्रालिअन्तर्गतको आधिकारिक डिलर श्री ग्लोबलले नयाँ शोरुमको उद्घाटन गरेको हो। उद्घाटन समारोहमा शिक्षाविद् डा. हेमराज पन्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा एमएडब्लू वृद्धिका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि अटोकर्पका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्द, श्री ग्लोबलका अध्यक्ष हितेश ओझा र प्रबन्ध निर्देशक कृष्णदेव उप्रेतीलगायतको उपस्थिति थियो।
नयाँ शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिम क्षेत्रका ग्राहकले चांगानका विद्युतीय सवारीसाधन अवलोकन, खरिदसम्बन्धी परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिका सेवा धनगढीबाटै प्राप्त गर्न सक्नेछन्। कम्पनीले यसबाट क्षेत्रीय ग्राहकलाई विद्युतीय सवारीसाधनको पहुँच सहज हुनुका साथै बिक्री तथा सेवा सञ्जाल थप विस्तार हुने अपेक्षा गरेको छ।
शोरुम उद्घाटनकै अवसरमा चांगानको नेभो क्यू०५ पनि धनगढीमा सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ। असोज २६ देखि २९ गतेसम्म चारदिने टेस्ट ड्राइभ अभियान सञ्चालन हुने कम्पनीले जनाएको छ। उक्त अभियानमार्फत ग्राहकले सवारीसाधनको डिजाइन, आरामदायी सुविधा, प्रविधि तथा स्मार्ट फिचरहरू प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
नेपालमा चांगानको उत्पादन सूचीमा दिपल एस०५, एस०७, एल०७, ई०७ तथा नेभो क्यू०५ रहेका छन्। यी मोडलले विद्युतीय एसयूभी, सेडान तथा विभिन्न प्रकारका मोबिलिटी समाधान खोज्ने ग्राहकलाई लक्षित गरेका छन्।
धनगढीमा नयाँ शोरुम सञ्चालनसँगै श्री ग्लोबलले सुदूरपश्चिम प्रदेशका ग्राहकलाई चांगानका विद्युतीय सवारीसाधन तथा सम्बन्धित सेवाहरू सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ। कम्पनीले सवारीसाधन खरिददेखि बिक्रीपछिको सेवासम्म ग्राहकलाई सहयोग गर्ने जनाएको छ।
चांगान अटोमोबाइल चीनको प्रमुख सवारी निर्माता कम्पनीमध्ये एक हो। नेपालमा एमएडब्लू वृद्धि अटोकर्प प्रालिले चांगान तथा यसका सहायक ब्रान्ड दिपल, नेभो र अवतार (AVATR) को आधिकारिक वितरण गर्दै आएको छ।
सञ्चालकहरू श्री कृष्णदेव उप्रेती र श्री हितेश ओझाको नेतृत्वमा २०८२ सालमा स्थापना भएको श्री ग्लोबल प्रा. लि. कैलाली, धनगढी–१३, राजपुरमा अवस्थित छ। व्यापार तथा व्यवसाय सञ्चालनमा अनुभव हासिल गरेको यस कम्पनीले आफ्नो शोरुम, सवारीसाधन बिक्री सुविधा र बिक्रीपछिका सेवामार्फत भरपर्दो ग्राहक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...