नयाँ बसपार्कमा नेटवर्क गुणस्तर कायम राख्न नेपाल टेलिकमको बीटीएस भ्यान
काठमाडौं – दसैँको यात्रामा समेत नेटवर्क साथमा राखी आफन्तसँग निरन्तर...
काठमाडौं । दशैं, तिहारलगायतका चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सडक सुरक्षा र यात्रुको सहजताका लागि निगरानी तथा सचेतना अभियान तीव्र बनाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने, लामो तथा छोटो दूरीका यात्रुको आवागमन बढ्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले ट्राफिक प्रहरीले प्रमुख सडक, नाका र यात्रुको बढी चाप हुने क्षेत्रमा विशेष निगरानी बढाएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेले सुरक्षित यात्रा सुनिश्चित गर्न चालक र यात्रुलाई ट्राफिक नियम तथा सडक अनुशासनबारे सचेत गराउने काम भइरहेको बताए ।
‘ट्राफिक प्रहरी सधैँ सडकमा खटिएको हुन्छ । अहिले चाडपर्वको समय भएकाले सचेतना र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाएका छौँ । हाम्रो मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो,’ उनले भने ।
ट्राफिक प्रहरीले नयाँ बसपार्क, नागढुङ्गा, कोटेश्वरलगायतका प्रमुख क्षेत्रमा विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत सार्वजनिक सवारीसाधनका चालक तथा यात्रुलाई सुरक्षित यात्राबारे जानकारी दिने, सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण गर्ने र मादक पदार्थ सेवन (मापसे) जाँचलाई प्राथमिकता दिइएको छ ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले सुरक्षित यात्रा, जिम्मेवार चालक र दुर्घटनामुक्त सडक निर्माणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले चाडपर्वका समयमा चालकले तीव्र गतिमा सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा यात्रुले पनि यात्राका क्रममा सावधानी अपनाउन आग्रह गरे ।
ट्राफिक प्रहरीले सडक तथा सवारीसाधन सञ्चालन हुने स्थानमा माइकिङमार्फत यात्रु र चालकलाई सचेत गराउँदै आएको छ । सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न, थकान महसुस भएमा चालकले विश्राम लिन र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरिएको छ ।
चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीको निगरानीसँगै चालक, यात्रु तथा सर्वसाधारणको जिम्मेवार व्यवहार आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
माइकिङमार्फत यात्रु र चालकलाई सचेतना
ट्राफिक प्रहरीले सडक तथा सवारीसाधन सञ्चालन हुने प्रमुख स्थानमा माइकिङ गरी सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न आग्रह गरिरहेको छ । यात्राका क्रममा सावधानी अपनाउन, सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न तथा चालकले सडक अनुशासन कायम राख्नुपर्ने विषयमा जानकारी दिइँदै आएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सुरक्षित यात्रा सुनिश्चित गर्ने, जिम्मेवार चालकको व्यवहार विकास गर्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
“सुरक्षित यात्रा, जिम्मेवार चालक र दुर्घटनामुक्त सडक निर्माणमा ट्राफिक प्रहरी सक्रिय रूपमा खटिएको छ । चाडपर्व सबैको उल्लासमय तरिकाले बितोस् भन्ने ट्राफिक प्रहरीको चाहना हो,” उनले भने ।
अरु बेलाको तुलनामा चाडपर्वका समयमा नागरिकले यात्रालाई सुरक्षित तुल्याउन अझ बढी सजग र सचेतना अपनाउनुपर्ने आवश्यकतामा जोड दिँदै प्रवक्ता सुवेदीले ट्राफिक नियमको प्रभावकारी पालना गराउन प्रहरी परिचालनसँगै जनचेतनामूलक गतिविधिलाई पनि अघि बढाइएको छ । सडकमा हुने सम्भावित जोखिमबारे यात्रु तथा चालकलाई समयमै जानकारी गराउँदा दुर्घटना रोकथाममा सहयोग पुग्ने प्रहरीको अपेक्षा छ ।
सवारीसाधनको अवस्था परीक्षण र मापसे जाँचमा जोड
सार्वजनिक सवारीसाधनबाट चाडपर्वका समयमा यात्रा गर्ने यात्रुको सङ्ख्या बढ्ने भएकाले सवारीसाधनको यान्त्रिक अवस्था र चालकको जिम्मेवारीलाई ट्राफिक प्रहरीले विशेष ध्यान दिएको जनाइएको छ । अभियानअन्तर्गत सवारीसाधनको यान्त्रिक परीक्षण गर्नुका साथै चालकले मादक पदार्थ सेवन गरी सवारी चलाए वा नचलाएको विषयमा जाँचसमेत गरिँदै आएको छ ।
लामो दूरीको यात्रामा निस्कने सवारीसाधनको अवस्था, चालकको सतर्कता र सडकमा अपनाउनुपर्ने सावधानीले यात्राको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता विषयमा यात्रु तथा चालकलाई सचेत गराइएको छ । सवारीसाधनको अवस्था कमजोर हुँदा वा चालकले लापरबाही गर्दा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले यात्रा सुरु गर्नुअघि आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
त्यसैगरी, सडकमा सवारी चलाउँदा ट्राफिक सङ्केतको पालना गर्ने, तीव्र गतिमा सवारी नचलाउने, क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुलाई सुरक्षित रूपमा चढाउने र ओराल्ने तथा चालकले आफ्नो जिम्मेवारी पूरा गर्ने विषयमा समेत सचेतना दिइँदै आएको छ ।
सुरक्षित र व्यवस्थित यात्राका लागि ट्राफिक प्रहरीको आग्रह
दसैँ, तिहारलगायतका चाडपर्वमा परिवार तथा आफन्तसँग भेटघाट गर्न, घर फर्किन र विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुग्न नागरिकको आवागमन बढ्ने गर्दै आएको छ । त्यस्तो समयमा सडकमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले चालक, यात्रु र पैदलयात्री सबैले सावधानी अपनाउनुपर्ने ट्राफिक प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।
ट्राफिक प्रहरीले यात्राका क्रममा ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न तथा चालकले थकान महसुस भएमा विश्राम लिन आग्रह गरेको छ । यात्रुले पनि सवारीसाधन चढ्दा र ओर्लँदा सावधानी अपनाउन तथा यात्राका क्रममा चालकलाई अनावश्यक दबाब नदिन अनुरोध गरेको छ ।
चाडपर्वलाई सुरक्षित, व्यवस्थित र उल्लासमय बनाउन प्रहरीको निगरानी तथा सचेतना अभियानसँगै नागरिकको जिम्मेवार व्यवहार पनि आवश्यक रहेको छ । ट्राफिक नियमको पालना र सावधानीपूर्ण यात्राले दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने भएकाले चाडपर्वका समयमा विशेष सतर्कता अपनाउन ट्राफिक प्रहरीले सबैमा आग्रह गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वको अवधिमा यात्रुको सहजता र सडक सुरक्षालाई ध्यानमा राख्दै सचेतनामूलक गतिविधि तथा आवश्यक जाँचलाई निरन्तरता दिने जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुलाई सुरक्षित यात्राका लागि सवारीसाधनमा यात्रा गर्नुअघि आवश्यक सावधानी अपनाउन तथा चालकलाई क्षमताभन्दा बढी यात्रु नबोक्न, तीव्र गतिमा सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रहसमेत गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...