नयाँ बसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च, ९ दिनमा बाहिरिए २ लाखभन्दा बढी
काठमाडौँ – बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ...
काठमाडौं - दसैँको यात्रामा समेत नेटवर्क साथमा राखी आफन्तसँग निरन्तर सम्पर्क कायम गर्न सहज होस् भन्ने उद्देश्यले नेपाल टेलिकमले नयाँ बसपार्कमा बीटीएस भ्यान राखेको छ ।
दसैँमा घर जाने यात्रुहरूको चाप र सुविधालाई मध्यनजर गर्दै नेपाल टेलिकमले नयाँ बसपार्क क्षेत्रमा टुजी र फोरजी नेटवर्क सहित बीटीएस भ्यान सञ्चालनमा ल्याएको बताएको छ ।
यसबाट यात्राका क्रममा नेटवर्कमा हुन सक्ने असहजतालाई व्यवस्थापन गर्न र यात्रुहरूलाई आफ्ना परिवार तथा आफन्तजनसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।
नयाँ बसपार्क क्षेत्रमा घर जाने यात्रुहरुको चाप हुने र सो अवस्थामा नेटवर्कमा समस्या भएमा यसको समाधानका लागि बीटीएस भ्यानले सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
बीटीएस भ्यानमा नेटवर्क सुचारु गर्नका लागि आवश्यक उपकरण राखिएको हुन्छ । यसबाट धेरै मानिसहरु भएको स्थानमा फोन गर्न र डाटा चलाउन सहज हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...