११ हजार बीवाईडी गाडी पुगेपछि साइमेक्स इंकको नयाँ क्याम्पेन, सांघाईबाट जापानसम्मको क्रुज ट्रिप जित्ने मौका
काठमाडौं–नेपालमा बीवाइडीका ग्राहक संख्या ११ हजार नाघेको अवसरमा आधिकारिक...
काठमाडौं–बीवाईडीले आफ्नो फ्ल्यास चार्जर नेटवर्कको डिजाइनमा बिरालो सुत्ने बेड बजारमा ल्याएको छ । मात्र १३ अमेरिकी डलर पर्ने यो बेड सार्वजनिक भएलगत्तै तुरुन्तै बिक्री भएको छ ।
बीवाईडीले हालै चीनभर आफ्नो मेगावाट क्षमताको फ्ल्यास चार्जिङ स्टेसनहरू विस्तार गरिरहेको छ र यसैको डिजाइनबाट प्रेरित भएर बिरालोका लागि यो आकर्षक बेड तयार पारिएको हो ।
यस बेडको बाहिरी भाग टी आकारको र सियन तथा कालो रङको संयोजनमा छ जसमा फ्ल्यास चार्जिङको लोगो र दुईवटा साना नरम बलहरू झुन्ड्याइएका छन्, जसले चार्जरको केबल जस्तै रूप दिन्छ ।
कम्पनीले यस बेडले बिरालाहरूलाई छिटो र आरामदायी निद्रा प्रदान गर्ने ठट्टा गर्दै छोटो समयमा नै गाढा निद्रामा पठाउन सहयोग गर्ने बताएको छ । पोलिस्टर र कृत्रिम खरायोको रौं जस्तो नरम सामग्रीबाट बनेको यो खाट करिब ७.५ किलोग्राम तौलसम्मका पाल्तु जनावरहरूका लागि उपयुक्त मानिएको छ ।
सेप्टेम्बरको अन्त्यतिर फ्याङ चेङ बाओ एपको स्टोरमार्फत प्रि–सेलमा राखिएको यो उत्पादन निकै लोकप्रिय बनेको छ र केही डिलरहरूले यसलाई गाडी खरिद गर्दा उपहारको रूपमा समेत दिने घोषणा गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...