अस्ट्रेलियामा पाइने सबैभन्दा सस्तो इलेक्ट्रिक एसयूभी बन्यो लिपमोटर बी०३एक्स
काठमाडौं–चिनियाँ अटो निर्माता कम्पनी लिपमोटरको नयाँ इलेक्ट्रिक क्रसओभर...
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडी अफ्रिकी बजारमा औपचारिक रुपमा प्रवेश गरेको छ । नामिबियाली अटोमोबाइल वितरक पुप्केविट्ज मोटर्सले बीवाईडीको आधिकारिक प्रतिनिधिका रूपमा काम गर्ने घोषणा गरेसँगै कम्पनीले त्यहाँ बिक्री सुरु गर्ने भएको हो।
बीवाईडीका सवारीसाधन राजधानी विन्डहोकसहित वाल्भिस बे र ओङ्गेडिभास्थित पुप्केविट्ज मोटर्सका रिटेल आउटलेटमार्फत उपलब्ध हुनेछन्।
नामिबियामा बीवाईडीका डल्फिन, डल्फिन सर्फ, सिलायन ५, सिलायन ६, सार्क ६, सिलायन ७ र सिल पर्फर्मेन्स गरी ७ मोडल सार्वजनिक गरिएको छ। यी मोडलमार्फत ग्राहकले विद्युतीकृत सवारीसाधनका विभिन्न विकल्प रोज्न सक्ने कम्पनीको भनाइ छ।
पुप्केविट्ज मोटर्सका फ्रेन्चाइज एक्जिक्युटिभ निको पिटर्सले नामिबियामा बीवाईडी ल्याउनुको उद्देश्य नयाँ सवारीसाधन बिक्री गर्नुमा मात्र सीमित नरहेको बताएका छन्। उनका अनुसार नयाँ इलेक्ट्रिफाइड मोबिलिटीबारे ग्राहकलाई जानकारी दिने, यसको प्रयोगबारे बुझाउने तथा ग्राहकलाई बीवाईडीका सवारी प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।
बीवाईडीले विश्वव्यापी रूपमा नयाँ ऊर्जा प्रविधिमा केन्द्रित हुँदै विद्युतीय तथा विद्युतीकृत सवारीसाधनको विकास गरिरहेको छ। ऊर्जा दक्षता, वातावरणीय दिगोपन तथा भविष्यको यातायात प्रणालीबारे विश्वव्यापी चासो बढिरहेका बेला नामिबियामा बीवाईडीको प्रवेश भएको हो।

पिटर्सका अनुसार बीवाईडीका विभिन्न मोडलको दायराले नामिबियाली ग्राहकलाई इलेक्ट्रिक मोबिलिटीका फरक–फरक विकल्प अनुभव गर्ने अवसर दिनेछ। यससँगै प्रविधि, आराम तथा आधुनिक फिचरमा बीवाईडीको विश्वव्यापी पहिचानलाई स्थानीय बजारमा विस्तार गर्ने कम्पनीको अपेक्षा छ।
बीवाईडीको प्रवेशसँगै पुप्केविट्ज मोटर्सले आफ्नो सवारीसाधन पोर्टफोलियोमा विश्वव्यापी न्यु इनर्जी भेइकल ब्रान्ड थपेको छ। कम्पनीले यसलाई नामिबियाली ग्राहकलाई बदलिँदो मोबिलिटी बजारमा थप विकल्प उपलब्ध गराउने योजनाका रूपमा लिएको छ।
नामिबियामा चिनियाँ अटोमोबाइल ब्रान्डको लोकप्रियता पनि पछिल्लो समय बढिरहेको देखिन्छ। सेप्टेम्बरमा नामिबियाली वित्तीय तथा बजार अनुसन्धान कम्पनी आईजेजी सेक्युरिटिजले सार्वजनिक गरेको तथ्यांकअनुसार हावल, जेटोर र चेरीले नामिबियाको प्यासेन्जर कार बजारमा क्रमशः ५.९ प्रतिशत, ५.८ प्रतिशत र २.३ प्रतिशत हिस्सा ओगटेका छन्।
चिनियाँ ब्रान्डको बजार उपस्थिति बढिरहेका बेला बीवाईडीको प्रवेशले नामिबियाको इलेक्ट्रिक तथा न्यु इनर्जी भेइकल बजारमा थप प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...