रोयल इनफिल्डको सबैभन्दा महँगो बाइक ३ दिनपछि सार्वजनिक हुने

काठमाडौं–रोयल इनफिल्डको नयाँ एड्भेन्चर मोटरसाइकल हिमालयन ७५० आगामी नोभेम्बर २७ मा भारतीय बजारमा सार्वजनिक हुने भएको छ ।

कम्पनीले गोवामा नोभेम्बर २७ देखि २९ सम्म आयोजना गर्ने मोटोभर्स २०२६ मा यो मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको हो ।

इटालीको मिलानमा आयोजित एक्मा २०२६ मा ग्लोबल डेब्यु गरेको हिमालयन ७५० कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमता र महंगो मूल्यको मोटरसाइकल हुनेछ । यसको मूल्य ४ लाख ५० हजार भारतीय रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ ।

हिमालयन ७५० मा ७४३ सीसीको एयर/अयल कुल्ड, प्यारालल ट्विन इन्जिन दिइएको छ । उक्त इन्जिनले ५५ बीएचपी पावर र ६३ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड गियरबक्स र असिस्ट तथा स्लिपर क्लच उपलब्ध छ ।

मोटरसाइकलमा ४३ एमएम शोवा अपसाइड डाउन फ्रन्ट फोर्क र रियरमा शोवा मोनोशक सस्पेन्सन दिइएको छ। अगाडि १९ इन्च र पछाडि १७ इन्चको ट्युबलेस टायर प्रयोग गरिएको छ । ब्रेकिङका लागि अगाडि ड्युअल २८० एमएम डिस्क र पछाडि २५५ एमएम डिस्क उपलब्ध छन् ।

यसमा क्रुज कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, कर्नरिङ एबीएस, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) र ५ वटा राइडिङ मोड दिइएको छ । साथै, ४ इन्चको टीएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन र ड्युअल टाइप–सी यूएसबी चार्जिङ पोर्ट पनि उपलब्ध छन् ।

१७.८ लिटरको इन्धन ट्यांकी रहेको यस मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स २०५ एमएम र सिट हाइट ८१५ एमएम छ । यसको कर्ब वेट २२४ केजी रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...