दसैँका लागि बस टिकट काट्न काउन्टरमै पुग्नुपर्दैन, यी हुन् अनलाइन बुकिङका विकल्प
काठमाडौं – दसैँ नजिकिएसँगै मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको...
काठमाडौँ - बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।
नयाँ बसपार्कको सञ्चालक संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्मको अवधिमा नयाँ बसपार्कबाट मात्रै कूल दुई लाख सात हजार २५१ जना यात्रुहरू बाहिरिएका छन्।
उनले दिएको तथ्यांक अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार १२३, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० जना यात्रुले नयाँ बसपार्कबाट यात्रा गरेका छन्।
दशैंमा घर फर्किने यात्रुहरूको संख्या तीव्र रूपमा बढेपछि यातायात व्यवसायीहरूलाई यात्रु व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको खराब अवस्थाका कारण यातायात व्यवस्थापनमा जटिलता थपिएको बताए।
गत असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरिएको पहिलो दिनमै धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको र धेरै सवारीसाधन काठमाडौँमै रोकिनुपरेकाले यात्रु व्यवस्थापनमा समस्या उत्पन्न भएको उनले जानकारी दिए।
यसैबीच महासङ्घले सम्पूर्ण यात्रुहरूलाई अनिवार्य रूपमा आधिकारिक टिकट काटेर मात्रै यात्रा गर्न, सरकारले तोकेको मापदण्ड अनुसारको भाडा मात्र तिर्न र आफू चढ्ने सवारीसाधनको प्राविधिक अवस्था जाँच गरेर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।
दशैं पर्वले परिवार, आफन्त र समुदायबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ तथा मधुर बनाउने भएकाले रोजगारी, अध्ययन र विभिन्न व्यवसायका क्रममा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष जस्तै यस वर्ष पनि निरन्तर बढिरहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...