११ हजार बीवाईडी गाडी पुगेपछि साइमेक्स इंकको नयाँ क्याम्पेन, सांघाईबाट जापानसम्मको क्रुज ट्रिप जित्ने मौका

काठमाडौं–नेपालमा बीवाइडीका ग्राहक संख्या ११ हजार नाघेको अवसरमा आधिकारिक वितरक साइमेक्स इंकले ग्राहक लक्षित नयाँ अभियान ‘मी एन्ड माइ बीवाइडी’ सुरु गरेको छ ।

अभियानमार्फत बीवाइडी प्रयोगकर्ताले आफ्नो गाडीसँग जोडिएका विशेष क्षण तथा अनुभव शेयर गरेर आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।

यस अभियान अन्तर्गत बीवाइडी प्रयोगकर्ताहरूले आफ्नो गाडीसँगका रमाइला रोडट्रिप, पारिवारिक क्षणहरू वा अविस्मरणीय अनुभवहरू समेटेर भिडियो वा फोटो सार्वजनिक रूपमा शेयर गरेर आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

सहभागिताका लागि फेसबुक, इन्स्टाग्राम वा टिकटकमा आफ्नो बीवाइडीसहितको सामग्री पोस्ट गरी ‘लाइभ विथ बीवाइडी’ र ‘सिमेक्स बीवाइडी’ पेजलाई फलो र ट्याग गर्नुपर्नेछ ।

साथै, गाडी खरिद गरेको आधिकारिक डिलरको अकाउन्ट मेन्सन गर्दै ह्यासट्याग मीएन्डमाइबीवाइडी प्रयोग गर्नुपर्नेछ ।

नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ यस क्याम्पेनमा तीन जना ग्रान्ड विनरले एक जना सहयात्रीसहित सांघाईबाट जापानसम्मको रोयल क्यारेबियन क्रुज ट्रिप जित्ने मौका पाउनेछन् ।

अन्य १५ जना विजेताले ५० हजार रुपैयाँ बराबरको बीवाइडी ब्रान्डेड उपहार प्राप्त गर्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...