धनगढीमा चांगान दिपलको नयाँ शोरुम, दिपल र नेभो मोडलको प्रदर्शनी
काठमाडौं – चांगान दिपलले सुदूरपश्चिम प्रदेशमा आफ्नो उपस्थिति विस्तार...
काठमाडौं - जेटुर नेपालले काठमाडौंको थापाथलीस्थित आफ्नो शोरुममा आज पूजा कार्यक्रम आयोजना गर्दै टी१ र टी२ मोडलको प्रि–बुकिङ खुला गरेको छ। यससँगै यी दुई एसयूभीका लागि ग्राहकले बुकिङ गर्न सक्ने भएका छन्।
नेपालमा नयाँ ब्रान्डको रुपमा जेटुरको शोरुम अब थापाथलीमा औपचारिक रुपमा सञ्चालनमा आउने छ । नेपालमा हुन्डाई, बीएमडब्लू, आर्कफक्स, केई लगायत ब्रान्डका सवारी साधन बिक्री गरिरहेको लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटरहबले जेटुर ग्रुप समेत नेपालमा भित्र्याएको हो।
कम्पनीका अनुसार जेटुर टी१ पीएचईभीको प्रारम्भिक मूल्य १ करोड ४२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, जेटुर टी२ को पीएचईभी (प्लग–इन हाइब्रिड) र आईसीई (पेट्रोल इन्जिन) दुवै भेरियन्टको प्रारम्भिक मूल्य १ करोड ५५ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ।
जेटुर टी१ र टी२ मा आकर्षक डिजाइन, आधुनिक स्टाइलिङ र उन्नत अटोमोटिभ प्रविधि उपलब्ध रहेको कम्पनीले जनाएको छ। यी मोडलले कार्यक्षमता, आराम र विभिन्न सडक तथा ड्राइभिङ अवस्थाअनुसार उपयोगिताको संयोजन प्रदान गर्ने अपेक्षा गरिएको छ।
पीएचईभी भेरियन्टमा विद्युतीय मोटर र इन्टरनल कम्बसन इन्जिनको संयोजन रहेको छ। यसले विद्युतीय माध्यमबाट सवारी चलाउने सुविधा र इन्जिनको उपयोग गर्ने विकल्प प्रदान गर्छ। त्यस्तै, टी२ को आईसीई भेरियन्टमा अल ह्विल ड्राइभ (एडब्लूडी) प्रणाली उपलब्ध छ। यसले ग्राहकलाई आफ्नो ड्राइभिङ आवश्यकता र प्राथमिकताअनुसार विकल्प छनोट गर्ने सुविधा दिनेछ।
ग्राहकले थापाथलीस्थित जेटुरको शोरुममा पुगेर टी१ र टी२ लाई नजिकबाट अवलोकन गर्न, तिनका विशेषताबारे जानकारी लिन तथा उपलब्ध भेरियन्टबारे बुझ्न सक्नेछन्। प्रि–बुकिङ खुला भएसँगै इच्छुक ग्राहकले शोरुममै गएर यी एसयूभी बुक गर्न सक्ने कम्पनीले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...