चलाइरहेको समयमा किन बाइकको हेडलाइट बलेको देखिन्छ ? यसले माइलेजमा कति प्रभाव पार्छ ?

आजकाल नयाँ बाइक वा स्कुटर स्टार्ट हुने बित्तिकै हेडलाइट बल्छ । यसलाई बन्द गर्ने कुनै स्विच पनि हुँदैन । यसका लागि छुट्टै स्विच राख्नु पर्छ । यो परिवर्तन अप्रिल १, २०१७ पछि गरिएको हो । सवारीसाधनको बत्तीलाई हाई वा लो बिममा परिवर्तन गर्न सकिने भए पनि पूर्ण रूपमा बन्द गर्ने विकल्प छैन ।

कतिले त यसले ब्याट्री डिस्चार्ज हुनबाट बचाउने विश्वास पनि गरेको पाइन्छ । साथै, धेरैले हेडलाइट सधैँ बल्ने भएकाले बाइकको माइलेज कम हुने अनुमान समेत गर्छन् ।

यसलाई डे टाइम रनिङ लाइट अर्थात डीआरएल भनिन्छ । यो प्रविधि अहिले धेरै नयाँ मोडलका बाइकमा आएको छ । दिनको समयमा चलाउदा पनि यो बलिरहेको देखिन्छ ।

बाइक वा स्कुटर स्टार्ट हुने वित्तिकै हेडलाइट बल्नुको मुख्य कारण दुई पाङ्ग्रे सवारी साधनको भिजिबिलिटी बढाउनु हो । यसले सडकमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मद्दत गरेको हुन्छ ।

सडकमा साना सवारीको भिजिबिलिटी कम हुन्छ । जसले खराब मौसम वा कुहिरोका कारण साना सवारीसाधनलाई सजिलै देख्न सकिदैन । यस्तो अवस्थामा सवारीसाधन आपसमा ठोक्किने सम्भावना बढेको हुन्छ । तर, बाइकको हेडलाइट बलिरहेको छ भने यसको भिजिबिलिटी कायम रहन्छ र टाढाबाट पनि सजिलै देख्न सकिन्छ ।

धेरैलाई यो लाग्न सक्छ कि यस्तो फिचरले बाइकको धेरै ब्याट्री खपत हुन्छ, जसका कारण ब्याट्री चाँडै बिग्रन थाल्छ र बारम्बार परिवर्तन गर्नुपर्ने हुन्छ । तर यसले बाइकको ब्याट्रीमा असर नपर्ने विज्ञहरूको भनाइ छ ।

आजकालका नयाँ बाइकमा एड्भान्स ब्याट्री प्रविधि र अल्टरनेटिभको प्रयोग भइरहेको छ, जसका कारण लोड बढ्दा पनि ब्याट्रीमा असर पर्दैन । यसले बाइकको माइलेजलाई पनि असर पार्दैन । अब धेरै बाइक एलईडी डीआरएलका साथ आउन थालेको छ । यो हेडलाइट भन्दा कम पावर खपत गर्छ र टाढाबाट पनि देख्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यामाहाले ल्यायो दशैं तिहार अफर, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमण सुविधा

यामाहाले ल्यायो दशैं तिहार अफर, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमण सुविधा

काठमाडौं– यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

एनएसएल सिजन ३ को काठमाडौं रेजर्सको टाइटल स्पोन्सर बन्यो यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड

एनएसएल सिजन ३ को काठमाडौं रेजर्सको टाइटल स्पोन्सर बन्यो यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड

काठमाडौं – यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग (एनएसएल)...

पोखराको यामाहा शोरुमबाट स्कुटर किनेका तेञ्जिङ लामाले पाए २० लाख ७९ हजार

पोखराको यामाहा शोरुमबाट स्कुटर किनेका तेञ्जिङ लामाले पाए २० लाख ७९ हजार

काठमाडौँ – यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...