इलेक्ट्रिक मोटरसाइकलमा फोन कनेक्ट गर्ने फिचर राख्दै नेपाली ब्राण्ड यात्री
काठमाडौं– नेपालली इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड यात्रीले आफ्नो नयाँ...
बाइक चलाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ । सही गति कायम राख्नुका साथसाथै, ब्रेक कसरी लगाउने भन्ने जान्नु पनि सुरक्षाको दृष्टिकोणबाट धेरै महत्त्वपूर्ण छ। बाइक रोक्न अगाडि वा पछाडिको ब्रेक प्रयोग गरिन्छ। यद्यपि, अगाडिको ब्रेक वा पछाडिको ब्रेक कहिले प्रयोग गर्ने भन्ने कुरा परिस्थितिमा निर्भर हुन्छ । फ्रन्ट ब्रेक प्रयोग गर्दा अधिक सावधान हुनुपर्छ । धेरैलाई बाइकको फ्रन्ट ब्रेकको सही प्रयोग थाहा नभएकाले दुर्घटनाको सिकार हुने गरेको देखिएको छ ।
यस्तो अवस्थामा फ्रन्ट ब्रेक प्रयोग गर्नुपर्छ
एक्कासी रोक्नु परेमा
अगाडी कुनै पनि अवरोध अचानक सामना गर्नु परेमा फ्रन्ट ब्रेक प्रयोग गर्न आवश्यक छ। फ्रन्ट ब्रेक अधिक शक्तिशाली हुने भएकाले फ्रन्ट ब्रेकले बाइकलाई छिटो रोक्न मद्दत गर्छ ।
सिधा बाटोमा
सिधा र समतल सडकमा फ्रन्ट ब्रेकको प्रयोग गर्दा बाइक नियन्त्रण गर्न सजिलो हुन्छ । यस्तो अवस्थामा फ्रन्ट ब्रेक बढी प्रभावकारी हुन्छ र अवरोध हुँदा सन्तुलन कायम राख्न मद्दत गर्छ ।
ओरालो बाटोमा
ओरालोमा पनि फ्रन्ट ब्रेकको प्रयोग गर्न सकिन्छ । तर यहाँ यो ख्याल राख्नु आवश्यक छ कि ओरालोमा ब्रेकलाई धेरै जोरले थिच्नु हुँदैन, अन्यथा बाइक असन्तुलित हुन सक्छ।
सामान्य रूपमा बाइक चलाउँदा
सामान्यतया बाइकमा ब्रेक प्रयोग गर्दा सधैँ फ्रन्ट ब्रेकसँगै पछाडिको ब्रेक पनि प्रयोग गर्नुपर्छ । जसका कारण ब्रेकिङको प्रभाव दुबै पाङ्ग्रामा बराबर हुन्छ र बाइकलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।
फ्रन्ट ब्रेक कहिले प्रयोग गर्नु हुँदैन?
घुम्ती बाटोमा
घुम्ती बाटोमा बाइक चलाउँदा फ्रन्ट ब्रेकको प्रयोग गर्नु हुँदैन । किनभने घुमाउरो सडकमा बाइक अलि झुकेको हुन्छ र यस्तो अवस्थामा फ्रन्ट ब्रेक प्रयोग गरेमा बाइकको सन्तुलन गडबड हुन सक्छ ।
चिप्लो सडकमा
पानी परेको अवस्थामा वा सडकमा बालुवा र माटो खसेको छ भने फ्रन्ट ब्रेक प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा धेरै जोरले पनि ब्रेक थिच्नु हुँदैन । यसले पाङ्ग्रा लक हुन सक्छ र बाइक नियन्त्रण बाहिर जान सक्छ ।
बाइक कम गतिमा छ भने
बाइक कम गतिमा छ र बाइक पछाडिको ब्रेक थिचेर मात्र रोकिन्छ भने, पछाडिको ब्रेक मात्र प्रयोग गर्नुपर्छ । कम स्पिडमा फ्रन्ट ब्रेक थिच्दा बाइक एक्कासी रोकिन सक्छ, जसले बाइकको नियन्त्रण बिगार्न सक्छ।
काठमाडौं– नेपालली इलेक्ट्रिक टु–ह्विलर ब्राण्ड यात्रीले आफ्नो नयाँ...
काठमाडौँ – नेपालका लागि होण्डा मोटरबाइकको आधिकारीक बिक्रेता स्याकार...
धेरैले बाइकको डिजाइन, मोडल वा इन्जिन पावर देखेर बाइक खरिद गर्छन् तर पछि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...