काठमाडौं देखि नुवाकोट सम्म सीएफमोटो राइड सम्पन्न

काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले काठमाडौं देखि नुवाकोट दरबार सम्मको राइड सम्पन्न गरेको छ ।

गत शनिबार नक्सालस्थित शोरुमबाट प्रारम्भ भएको सो राइडमा नयाँ तथा पुराना बाइक सहितका २० राइडर सहभागी थिए । सो अवसरमा सीएफमोटो ब्रान्डका एनके २५०, एसआर २५०, एनके ४५० तथा ४५० एमटी बाइकहरुको बाइकहरुको सहभागिता रहेको थियो ।

हाल डे आउट राइड सबै सेगमेन्टका ग्राहकहरुको चासो तथा चाहना रहेको तथ्यलाई मध्यनजर गरी कम्पनीले सो राइड कार्यक्रम सञ्चालन गरेको बताएको छ ।

राइडमा सहभागी सबै राइडरहरूलाई सीएफमोटोको राइडिङ ज्याकेट तथा मायाको चिनो प्रदान गरिएको थियो । उक्त राइडमा राइडरहरुलाई विभिन्न गेममा सहभागी गराई पहिलो तथा दोस्रो विजेतालाई कम्पनीबाट विशेष प्रिभिलेज कार्ड उपहार स्वरूप प्रदान गरिएको थियो ।

कम्पनीका अनुसार यो भन्दा पहिले अघिल्लो शनिबार अर्थात माघ ५ मा आयोजना भएको सीएफमोटो मिट एन्ड ग्रिट कार्यक्रममा समेत उल्लेख्य मात्रामा सीएफमोटो बाइकधनीहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममार्फत घोषणा भए बमोजिम कम्पनीले हाल उक्त राइडको आयोजना गरेको जानकारी दिएको छ ।

कम्पनीले आफ्ना राइडरहरुलाई यस्ता कार्यक्रमहरू समय समयमा आयोजना गरी थप उत्साह कायम राख्दै, ग्राहकहरुलाई उच्चतम क्षमताका नयाँ नयाँ बाइकहरू उपलब्ध गराउँदै जाने र सहज तथा ग्राहकमुखी सर्भिस तथा पार्ट्सको पूर्ण सन्तुष्टि दिने प्रतिबद्धता समेत जनाएको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंमा सिएफ मोटोको विशेष ट्रेनिङ सम्पन्न, दक्ष टेक्निसियन उत्पादनमा जोड

काठमाडौंमा सिएफ मोटोको विशेष ट्रेनिङ सम्पन्न, दक्ष टेक्निसियन उत्पादनमा जोड

काठमाडौं– सिएफ मोटो नेपालले काठमाडौंमा हालै एक विशेष ट्रेनिङ सम्पन्न...

सीएफमोटो २५० एनके किन्दा अब ५ प्रतिशत ब्याजदर तथा ५ वर्ष वारेन्टी

सीएफमोटो २५० एनके किन्दा अब ५ प्रतिशत ब्याजदर तथा ५ वर्ष वारेन्टी

काठमाडौं – सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ...

इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने

इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने

काठमाडौं – पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...