१७५ सीसी इन्जिनमा आयो अप्रिलिया एसआर, यस्तो छ मूल्य र विशेषता

प्रिमियम स्कुटर उत्पादक अप्रिलियाले भारतमा आफ्नो लोकप्रिय मोडल एसआरको ठूलो इन्जिन भर्सन लन्च गरेको छ । हाल उपलब्ध एसआर १६० लाई प्रतिस्थापन गर्ने गरी कम्पनीले एसरआरलाई १७५ सीसी इन्जिनमा उतारेको हो । जसको मूल्य १ लाख २६ हजार भारु निर्धारण गरिएको छ ।

एसआर १७५ मा १७४.७ सीसी सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ७,२०० आरपिएममा मा १३.०८ बीएचपी र ६,००० आरपिएममा १४.१४ एनएम टर्क जेनेरेट गर्दछ । सिभिटी गियरवक्ससंग जोडिएको उक्त इन्जिन निकै शक्तिशाली मानिन्छ ।

स्कुटरको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक एब्जर्बर सहितको सस्पेन्सन सेटअप राखिएको छ । १४ इन्चको एलोय ह्विल जडान गरिएको यस एसआर १७५ को अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक तथा सिंगल च्यान एबिएस उपलब्ध छ ।

स्कुटरमा ट्विन एलईडी हेडल्याम्प, फ्ल्याट फुटबोर्ड, ग्र्याव ह्यान्डल भएको सिंगल–पीस सिट र अपस्वेप्ट एक्जस्ट लगायत विशेषता पाउन सकिन्छ । साथै, यसमा ब्लुटुथ कनेक्टिभिटी र यूएसबी चार्जिङ पोर्ट भएको ५.५ इन्चको टिएफटी कलर इन्स्ट्रुमेन्ट कन्सोल छ ।

अप्रिलिया एसआर नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको स्कुटर हो । हाल यसको एसआर १६० बिक्री हुँदै आएको र सोहि मोडललाई प्रतिस्थापन गर्नेगरी एसआर १७५ लन्च भएको हुँदा सो नयाँ स्कुटर पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

ट्रायम्फले २०२६ सम्ममा २९ नयाँ बाइक ल्याउने

ट्रायम्फले २०२६ सम्ममा २९ नयाँ बाइक ल्याउने

ट्रायम्फले आगामी वर्षहरूका लागि आफ्नो ठूलो योजना सार्वजनिक गरेको छ।...

१२५२ किलोमिटरको साहसिक यात्रा : ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न

१२५२ किलोमिटरको साहसिक यात्रा : ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न

चितवन – आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ प्रवर्धन गर्ने उद्देश्यका साथ...

सीएफमोटोको उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नाडा अटो शो २०२४ मा

सीएफमोटोको उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नाडा अटो शो २०२४ मा

काठमाडौँ – सीएफमोटोको विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...