४ लाख २८ हजार रुपैयाँसम्म पर्ने रोयल इनफिल्डको प्रिमियम हेलमेट

काठमाडौं–रोयल इनफिल्डले बेलायती प्रिमियम हेलमेट ब्रान्ड ‘हेडोन’ सँगको सहकार्यमा लिमिडेड एडिसनका प्रिमियम हेलमेट विश्वभर सार्वजनिक गरेको छ ।

हस्तकला प्रविधिबाट निर्मित यी हेलमेट विश्वभर जम्मा १६ युनिटमात्र उपलब्ध हुने जनाइएको छ, जसमा ८ थान हाफ–फेस र ८ थान फुल–फेस हेलमेट रहेका छन् ।

हाफ–फेस ‘हेडोनेस्ट’ को मूल्य १,६५० पाउन्ड (३ लाख ३६ हजार रुपैयाँ ) र फुल–फेस ‘हिरोइन रेसर’ को मूल्य २,१०० पाउन्ड (४ लाख २८ हजार रुपैयाँ) तोकिएको छ ।

फाइबरग्लास र कार्बन फाइबरको कम्पोजिट शेल, सक्कली छालाको फिनिसिङ, ईसीई २२.०६ तथा डीओटी सुरक्षा प्रमाणीकरणका साथै ३६० डिग्री कुशन प्याडिङयुक्त यी हेलमेटहरू अर्डरअनुसार मात्र तयार गरिने बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...