महंगो वन्दै हिरो मोटरसाइकल र स्कुटर, एक वर्षमा पाँचौ पटक मूल्य बृद्धि गर्दै कम्पनी
हिरो मोटोकर्पले मोटरसाइकल र स्कुटरको मूल्य बृद्धि गर्ने भएको छ । उत्पादन...
हिरो मोटोकर्पको इलेक्ट्रिक मोबिलिटी ब्रान्ड भिडाले भीएक्सटु गो ३.४ किलोवाट भेरिएन्ट लन्च गर्दै आफ्ना इलेक्ट्रिक स्कुटरहरूको पोर्टफोलियो विस्तार गरेको छ। सो नयाँ मोडलमा ड्युअल रिमुभेवल ब्याट्री सिस्टम समावेश गरिएको छ, जसले एक पटकको चार्जमा १०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।
सो नयाँ मोडलले अधिकतम ६ किलोवाट अर्थात् ८ एचपीको पावर र २६ एनएम टर्क उत्पादन गर्छ। स्कुटरको टप स्पिड ७० किलोमिटर प्रतिघण्टा रहेको छ भने सवारीले इको र राइड मोडबीच सहज स्विच गर्न सक्छ । यसमा २७.२ लिटरको अन्डर सिट स्टोरेज, फ्ल्याट फ्लोरबोर्ड र कुशन भएको सिट उपलब्ध छ ।
भिडाले इलेक्ट्रिक सवारी साधनलाई अझ सुलभ बनाउन आफ्नो ब्याट्री-एज-ए-सर्भिस मोडललाई थप विस्तार गरिरहेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले ब्याट्री किन्नु पर्ने छैन, बरु सदस्यतामार्फत सेवाको प्रयोग गर्न सक्नेछन् । यसले स्कुटरको प्रारम्भिक लागत घटाउनेसँगै मर्मत तथा प्रति किलोमिटर भुक्तानीमा पनि सहजता ल्याउने कम्पनीको दाबी छ।
भारतमा भिडाको ४६०० भन्दा बढी चार्जिङ पोइन्ट र ७०० सेवा केन्द्रको उपस्थिति रहेको छ, जसले भीएक्सटु श्रृंखलाको पहुँच र प्रयोग क्षमता थप मजबुत बनाएको छ। नयाँ भिडा भीएक्सटु रेन्जमा अब भीएक्सटु गो २.२ किलोवाट, भीएक्सटु गो ३.४ किलोवाट र भीएक्सटु प्लस भेरिएन्ट समावेश छ ।
हिरो मोटोकर्पले मोटरसाइकल र स्कुटरको मूल्य बृद्धि गर्ने भएको छ । उत्पादन...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरको मूल्य...
हिरो मोटोकर्पले भारतीय बजारमा ४४० सीसीको बाइक हिरो माभरिक लन्च गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...