नयाँ राइडिङ मोड र एबीएससहित हिरो ग्ल्यामर एक्स १२५ लन्च
हिरो मोटोकर्पले ग्ल्यामर एक्स १२५ मोटरसाइकल भारतीय बजारमा लन्च गरेको छ।...
हिरो मोटोकर्पले लोकप्रिय रोयल इन्फिल्ड क्लासिक ३५० लाई प्रतिस्पर्धा गर्ने उद्देश्यले नयाँ रेट्रो स्टाइलको मोटरसाइकल विकास गर्ने भएको छ। कम्पनीले इटालीमा आयोजित ईआईसीएमए २०२६ मा आफ्नो नयाँ क्लासिक डिजाइन मोटरसाइकलको कन्सेप्ट सार्वजनिक गरेको छ।
हिरोको नयाँ मोटरसाइकलमा परम्परागत क्लासिक डिजाइनलाई प्राथमिकता दिइएको छ। यसमा गोलाकार इन्धन ट्याङ्की, वायर स्पोक ह्विल र आकर्षक रेट्रो लुक देख्न सकिन्छ। यसको डिजाइनले पुराना पुस्ताका क्लासिक मोटरसाइकलको झल्को दिन्छ । मोटरसाइकलको बडीमा मेटालिक नीलो रङ प्रयोग गरिएको छ, जसमा पोलिस गरिएको धातुजस्तो फिनिसिङ र सुनौलो रङका डिजाइन एलिमेन्टहरू समावेश छ । यसले मोटरसाइकलको रेट्रो डिजाइनलाई थप आकर्षक बनाएको छ।
यसको सिटमा पनि विशेष ध्यान दिइएको छ। खैरो रङको सिटमा डायमन्ड प्याटर्नको स्टिचिङ गरिएको छ भने त्यससँग मिल्ने रङका ह्यान्डलबार ग्रिपहरू प्रयोग गरिएको छ । सो कन्सेप्ट मोडलमा वायर स्पोक ह्विल र डिस्क ब्रेकजस्ता विशेषता देखाइएको छ। यद्यपि यो हाल अवधारणाका रूपमा मात्र सार्वजनिक भएकाले यसको उत्पादन संस्करणमा प्रयोग हुने एलिमेन्ट, रङ, फिनिसिङ र अन्य विशेषताहरू फरक हुन सक्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...