सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
हिरो मोटोकर्पले ग्ल्यामर एक्स १२५ मोटरसाइकल भारतीय बजारमा लन्च गरेको छ। ग्ल्यामर एक्स १२५ आफ्नो सेग्मेन्टमा इन्टिग्रेटेड ब्रेकिङ सिस्टमसहित सिंगल च्यानल एबीएस उपलब्ध गराउने पहिलो मोटरसाइकल बनेको छ।
मोटरसाइकललाई मस्कुलर र स्पोर्टी लुक दिइएको छ। यसमा हिरोको एच सिग्नेचर फुल एलईडी लाइटिङ, स्पोर्टी ग्राफिक्स र आकर्षक बडी डिजाइन प्रयोग गरिएको छ। मोटरसाइकलमा १०.७ सेन्टिमिटरको एडप्टिभ मल्टी-कलर डिजिटल कन्सोल रहेको छ । यसमा गियर सिफ्ट एडभाइजर, डिस्टेन्स टु एन्प्टी र रियल-टाइम माइलेज इन्डिकेटरलगायत ६० भन्दा बढी फिचर समावेश गरिएको छ।साथै यसमा ब्लुटुथ कनेक्टिभिटी, ईटीएसहितको टर्न-बाइ-टर्न नेभिगेसन र कल/एसएमएस अलर्टजस्ता फिचर उपलब्ध गराएको छ ।
पावरका लागि ग्ल्यामर एक्स १२५ मा स्प्रिन्ट ईबीटी इन्जिन प्रयोग गरिएको छ। सो इन्जिनले ८२५० आरपीएममा ११.४ बीएचपी पावर उत्पादन गर्छ। मोटरसाइकलमा इको, रोड र पावर गरी ३ वटा राइडिङ मोड उपलब्ध छ । लामो दूरीको यात्रालाई सहज बनाउन यसमा क्रूज कन्ट्रोलसमेत दिइएको छ।
यसमा कन्फर्टेबल राइडिङका लागि चौडा ह्यान्डलबार, लामो र समतल सिट र कम सिट उचाइ राखिएको छ। यसका साथै ड्युअल अन्डर सिट मोबाइल स्टोरेज र सी टाइप यूएसबी चार्जिङ पोर्ट पनि उपलब्ध छ। हिरो मोटोकर्पले ग्ल्यामर एक्स १२५ को मूल्य १ लाख १ हजार भारु निर्धारण गरेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...