नेपालमा बिक्री सुरु हुँदै बीएडब्लूको किफायती र आधुनिक कार ‘ई७ प्रो’
काठमाडौं–नेपाली विद्युतीय सवारीसाधनको बजारमा बेइजिङ अटो वक्र्स...
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा सार्वजनिक भएको छ। यो भिडाको पहिलो अन्तर्राष्ट्रिय बजार प्रवेश हो। नेपालका लागि आधिकारिक वितरकका रूपमा चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्ससँग सहकार्य गर्दै कम्पनीले आफ्ना विद्युतीय सवारी साधनहरू नेपाली ग्राहकमाझ ल्याएको हो।
नेपालमा भिडाको ‘भीएक्स२’ इभुटर सिरिजका साथै युवाहरूलाई लक्षित गरिएको ‘डर्ट डट ई के३’ (DIRT.E K3) अफरोडर सार्वजनिक गरिएको छ। हिरो मोटोकर्पकी इमर्जिङ मोबिलिटी विजनेस युनिटकी प्रमुख विजनेस अफिसर कौसल्या नन्दाकुमार र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रूपमा यी सवारी साधनहरूको नेपालमा बिक्री–वितरणको सुरुवात गरे।
कार्यक्रममा बोल्दै कौसल्या नन्दाकुमारले नेपालमा स्मार्ट र विद्युतीय सवारीप्रति आकर्षण बढ्दै गएकाले भिडाको विश्वव्यापी यात्रा नेपालबाट सुरु गर्न पाउँदा खुसी लागेको बताए। त्यसैगरी चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालको हरित यातायात (ग्रीन ट्रान्सपोर्टेसन) को यात्रालाई अगाडि बढाउन हिरो मोटोकर्प र भिडासँगको सहकार्यले महत्त्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरे।
नेपाली बजारमा उपलब्ध गराइएको भिडा भीएक्स२ सिरिजमा ‘भीएक्स२ प्लस’ र ‘भीएक्स२ गो’ गरी दुई भेरिएन्ट रहेका छन्। भीएक्स२ प्लसमा ४.४ किलोवाट आवरको रिमुभेबल ब्याट्री सेटअप रहेको छ, जसले एक पटकको फुल चार्जमा १४० किलोमिटरसम्मको रेन्ज दिन्छ।
यसको अधिकतम गति ९० किमी प्रतिघन्टा रहेको छ र डिसी फास्ट चार्जिङमार्फत ६५ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। त्यस्तै भीएक्स२ गोमा २.२ किलोवाट आवरको ब्याट्री छ, जसले ७५ किलोमिटरको रेन्ज र ७० किमी प्रतिघन्टाको गति प्रदान गर्छ।
यसका साथै साना तथा युवा राइडरहरूका लागि ल्याइएको ‘डर्ट.ई के३’ विद्युतीय अफरोडरमा ३५० वाटको मोटर र ३६० वाट आवरको ब्याट्री जडान गरिएको छ। यसमा अभिभावकका लागि मोबाइल एपमार्फत गति र सुरक्षा नियन्त्रण गर्ने सुविधा समावेश छ।
रेड डट डिजाइन अवार्ड २०२५ र सिईएस इनोभेसन अवार्ड २०२६ जित्न सफल यो मोडलले राइडरको उमेर र आवश्यकताअनुसार तीन वटा साइजमा समायोजन हुन सक्ने प्रविधि प्रयोग गरेको छ।
सन् २०१४ देखि नेपाली बजारमा उपस्थिति जनाउँदै आएको हिरो मोटोकर्पले यस नयाँ ब्रान्डको आगमनसँगै नेपालमा वातावरणमैत्री र आधुनिक गतिशीलतालाई थप प्रोत्साहन गर्ने जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...