रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्न हिरोले ल्याउँदै नयाँ रेट्रो मोटरसाइकल
हिरो मोटोकर्पले लोकप्रिय रोयल इन्फिल्ड क्लासिक ३५० लाई प्रतिस्पर्धा...
हिरो मोटोकर्पले इटालीमा आयोजित ईआईसीएमए २०२६ मा आफ्नो नयाँ ड्युअल स्पोर्ट मोटरसाइकल एक्सपल्स १५० सार्वजनिक गरेको छ। पुरानो हिरो इम्पल्सको डिजाइनबाट प्रेरित भए पनि नयाँ एक्सपल्स १५० मा आधुनिक स्टाइलिङ र अफरोडमैत्री विशेषता समावेश गरिएको छ। सो मोटरसाइकलले कम्पनीको लोकप्रिय एक्सपल्स सिरिजलाई थप विस्तार गर्नेछ।
हिरो एक्सपल्स १५० मा अग्लो फ्रन्ट प्रोफाइल, आधुनिक हेडलाइट र ठूलो भाइजर दिइएको छ। यसको इन्धन ट्याङ्कीमा राखिएको स्लिम एक्सटेन्सनले पुरानो इम्पल्सको डिजाइनसँग मिल्दोजुल्दो देखिन्छ । यसमा सिंगल पीस सिट र माथितर्फ उठाइएको अपस्वीप एक्जस्ट पाइप दिइएको छ।
हिरो एक्सपल्स १५० मा १५० सीसी क्षमताको एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिइएको छ। सो इन्जिनले १२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पादन गर्छ। यसको इन्जिनलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ। यसमा अगाडि १९ इन्च र पछाडि १७ इन्चका अलोय ह्विल प्रयोग गरिएको छ। दुवै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ । अफरोड यात्राका लागि २२० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध गराइएको छ। यसको सिटको उचाइ ८२६ एमएम र कर्ब तौल १४१ किलोग्राम रहेको छ।
सो मोटरसाइकलमा किक स्टार्टर दिइएको छ । साथै यसमा कार्बोरेटरयुक्त इन्धन सिस्टम प्रयोग गरिएको छ भने ह्यान्डलबारमै चोक स्विच राखिएको छ। सो संस्करण दक्षिण अमेरिका, अफ्रिका र अन्य विकासोन्मुख अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर तयार गरिएको हुन सक्ने अनुमान गरिएको छ। भारतीय बजारका लागि भने इलेक्ट्रोनिक थ्रोटल बडी सहितको फ्युल इन्जेक्सन सिस्टम र क्रुज कन्ट्रोलजस्ता आधुनिक सुविधायुक्त छुट्टै संस्करण ल्याउन सक्ने सम्भावना रहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...