हराएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन सम्वन्धित धनीलाई हस्तान्तरण
काठमाडौं–काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट विभिन्न समयमा हराएका ५०...
काठमाडौँ –काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको निरन्तर सडक सचेतना अभियानका कारण उपत्यकामा सवारी दुर्घटना १९ प्रतिशतभन्दा बढीले घटेको छ ।
सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विभिन्न समय, उमेर समूह र समुदायलाई लक्षित गरी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
सडक प्रयोगकर्तालाई ट्राफिक नियम, सुरक्षित यात्रा र सडक अनुशासनबारे जानकारी दिने कार्यक्रमलाई निरन्तरता दिइएपछि दुर्घटनामा उल्लेख्य कमी आएको हो । चालु आर्थिक वर्षमा मात्रै ट्राफिक प्रहरीले १० हजार ७२० वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
प्रहरीको मुख्य कार्यक्षेत्र सडक भए पनि दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरदेखि विद्यालय र कलेजसम्म सचेतना कार्यक्रम विस्तार गरिएको छ । नेपालभर सडक सञ्जालको विस्तार भइरहेकाले हरेक नागरिकलाई सडक सुरक्षाबारे जानकार बनाउन आवश्यक रहेको प्रहरीको भनाइ छ ।
सडक सुरक्षालाई प्राथमिकतामा राखेर ट्राफिक नियमको पालना र सुरक्षित सवारी सञ्चालनबारे निरन्तर सचेतना फैलाउन सके दुर्घटना अझै घटाउन सकिने विश्वास लिइएको छ । रासस
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...