इसुजु एस–क्याबको एक्सचेन्ज क्याम्प प्रारम्भ, सबै ब्रान्डसँग इसुजुको लाइफस्टाइल पिकअप साट्न सकिने

काठमाडौं – इसुजुको काठमाडौंका लागि डिलर टाइम्स मोटर्सले आज देखि एक्सचेन्ज क्याम्प प्रारम्भ गरेको छ । काठमाडौंको बल्खु र गैरीधारामा रहेको सो क्याम्पको नाम ‘उत्कृष्ट मूल्यांकन यसपाली, एस–क्याब भूगोल सुहाउदो नेपाली’ राखिएको छ ।

एक्सचेन्ज क्याम्पलाई फरक पहिचान दिन र नेपाली भूगोललाई समेत प्रतिनिधित्व गर्नका लागि यो नाम राखिएको टाइम्स मोटर्सले जनाएको छ ।

आज, भोलि र पर्सी गरी तीन दिन सम्म चल्ने सो क्याम्पमा कुनै पनि ब्रान्डको पुरानो निजी सवारी साधनसँग इसुजुको लाइफस्टाइल पिकअप एस–क्याब साट्न सकिने छ ।

सो अवसरमा आकर्षक नगद छुटका साथै निःशुल्क एसेसरिज उपलब्ध गराइने छ । त्यसैगरी एक्सचेन्ज बोनसको व्यवस्था गरिनुका साथै पिकअप खरिदका लागि ७५ प्रतिशत सम्म फाइनान्सको व्यवस्था समेत गरिने बताइएको छ ।

इसुजु एस–क्याबमा २.५ लिटर,फोर सिलिन्डर, कमन रेल, टर्बो इन्टरकुल्ड डिजेल इन्जिन छ, जसले ३८०० आरपीएममा ७८ एचपी पावर र १८०० देखि २४०० आरपीएममा १७६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स जडान गरिएको छ ।

सुरक्षाका लागि यसमा भेन्टिलेटेड फ्रन्ट डिस्क, स्टिल स्किड प्लेट, वार्निङ लाइट र बजर, डे एन्ड नाइट आईआरभीएम, क्रम्पल जोनसहितको क्याबिन र ट्युबलेस टायर उपलब्ध छन् ।

यसको मूल्य ४६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

इसुजु डी-म्याक्स पिकअप ट्रक अब इलेक्ट्रिकमा

इसुजु डी-म्याक्स पिकअप ट्रक अब इलेक्ट्रिकमा

इसुजुले आफ्नो लोकप्रिय पिकअप ट्रक डी-म्याक्सको इलेक्ट्रिक संस्करण...

नेपाल भित्रियो सिट्रोन ब्रान्ड, आयो सी५ एयरक्रस एसयूभी

नेपाल भित्रियो सिट्रोन ब्रान्ड, आयो सी५ एयरक्रस एसयूभी

काठमाडौं – नेपाली बजारमा सिट्रोन ब्रान्डको सी५ एयरक्रस एसयूभी भित्रिएको छ...

धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी

धितोमा राखिएका ३८ सवारी साधन बेच्दै एक सहकारी

काठमाडौं – काठमाडौंको कीर्तिपुर १ अमृतनगरमा रहेको अमृत बचत तथा ऋण सहकारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...