इसुजु एस–क्याबको एक्सचेन्ज क्याम्प प्रारम्भ, सबै ब्रान्डसँग इसुजुको लाइफस्टाइल पिकअप साट्न सकिने

काठमाडौं – इसुजुको काठमाडौंका लागि डिलर टाइम्स मोटर्सले आज देखि एक्सचेन्ज क्याम्प प्रारम्भ गरेको छ । काठमाडौंको बल्खु र गैरीधारामा रहेको सो क्याम्पको नाम ‘उत्कृष्ट मूल्यांकन यसपाली, एस–क्याब भूगोल सुहाउदो नेपाली’ राखिएको छ ।

एक्सचेन्ज क्याम्पलाई फरक पहिचान दिन र नेपाली भूगोललाई समेत प्रतिनिधित्व गर्नका लागि यो नाम राखिएको टाइम्स मोटर्सले जनाएको छ ।

आज, भोलि र पर्सी गरी तीन दिन सम्म चल्ने सो क्याम्पमा कुनै पनि ब्रान्डको पुरानो निजी सवारी साधनसँग इसुजुको लाइफस्टाइल पिकअप एस–क्याब साट्न सकिने छ ।

सो अवसरमा आकर्षक नगद छुटका साथै निःशुल्क एसेसरिज उपलब्ध गराइने छ । त्यसैगरी एक्सचेन्ज बोनसको व्यवस्था गरिनुका साथै पिकअप खरिदका लागि ७५ प्रतिशत सम्म फाइनान्सको व्यवस्था समेत गरिने बताइएको छ ।

इसुजु एस–क्याबमा २.५ लिटर,फोर सिलिन्डर, कमन रेल, टर्बो इन्टरकुल्ड डिजेल इन्जिन छ, जसले ३८०० आरपीएममा ७८ एचपी पावर र १८०० देखि २४०० आरपीएममा १७६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स जडान गरिएको छ ।

सुरक्षाका लागि यसमा भेन्टिलेटेड फ्रन्ट डिस्क, स्टिल स्किड प्लेट, वार्निङ लाइट र बजर, डे एन्ड नाइट आईआरभीएम, क्रम्पल जोनसहितको क्याबिन र ट्युबलेस टायर उपलब्ध छन् ।

यसको मूल्य ४६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

इसुजु एस–क्याब अब ९ लाख ९० हजार डाउन पेमेन्टमा, ७५ प्रतिशत फाइनान्स गर्न सकिने

इसुजु एस–क्याब अब ९ लाख ९० हजार डाउन पेमेन्टमा, ७५ प्रतिशत फाइनान्स गर्न सकिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध इसुजु कम्पनीको एस–क्याब पिकअप ९ लाख ९०...

फिचर र डिजाइनमा अपडेट भएर आयो इसुजु डि–म्याक्स भी–क्रस

फिचर र डिजाइनमा अपडेट भएर आयो इसुजु डि–म्याक्स भी–क्रस

इसुजुले आफ्नो लोकप्रिय पिकअप ट्रक डि–म्याक्स भी–क्रसलाई अपडेट गरेर...

थप सुरक्षित बनेर आयो इसुजु भी–क्रसको २०२४ मोडल

थप सुरक्षित बनेर आयो इसुजु भी–क्रसको २०२४ मोडल

इसुजुले भारतमा २०२४ भी–क्रस पिकअप ट्रक लन्च गरेको छ । अपडेट गरिएको मोडलको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...