इलेक्ट्रिक कार हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख वृद्धि : यस्तो छ सबै मोडलको मूल्य
काठमाडौं – हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख...
काठमाडौं - नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर च्याप्टरको वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रम सम्पन्न भएको छ। साधारण सभाले अनुकूल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ।
श्रेष्ठ नेपालको अटोमोबाइल क्षेत्रमा क्रियाशील औद्योगिक घराना लक्ष्मी ग्रुपका निर्देशक समेत हुन् । लक्ष्मी ग्रुप अन्तर्गत अटोमोबाइल सम्बद्ध विभिन्न व्यवसाय रहेको छ । नेपालमा हुन्डाई र एसएमएल इसुजु तथा बीएमडब्लु लगायतका सवारी साधन यही ग्रुप अन्तर्गत बिक्री वितरण भइरहेका छन् । त्यसैगरी कन्फेक्सनरी, प्लाष्टिक, डेरी, इलेक्ट्रोनिक्स र स्टिल लगायतको व्यवसायमा समेत यो ग्रुप क्रियाशील छ ।
नवनिर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठले आफ्नो कार्यकालमा युवा उद्यमीहरूको क्षमता विकास, नवप्रवर्तन (Innovation), स्टार्टअप प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको सशक्त इकोसिस्टम विकासलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताए। उहाँले निजी क्षेत्रको भविष्य नवप्रवर्तन, सिर्जनशीलता र युवा नेतृत्वसँग जोडिएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र युवाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालले नवनिर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ तथा सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले आफू स्वयं पनि स्टार्टअप उद्यमसँग जोडिएको अनुभव भएकाले युवा उद्यमीहरूले भोग्ने चुनौतीप्रति सरकार संवेदनशील रहेको बताउँदै स्टार्टअप प्रवर्द्धन, उद्यमशीलता विकास, लगानीमैत्री वातावरण निर्माण, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको धारणा राखे ।
कार्यक्रममा युवा उद्यमशीलता, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व विकास तथा सरकार–निजी क्षेत्र–युवा उद्यमीबीच सहकार्य विस्तारका विषयमा समेत छलफल गरिएको थियो।
नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्ष एल्भिस रञ्जित, प्रथम उपाध्यक्ष प्रकिरण श्रेष्ठ, द्वितीय उपाध्यक्ष आशिष भण्डारी र कार्यसमिति सदस्यहरुमा आशंक श.ज.ब राणा रितेज श्रेष्ठ, अभिषेक शारदा, श्रद्धा कटुवाल, कुशल जोशी, अनिष रौनियार, नीरज काफ्ले, अस्मी श्रेष्ठ, निकीता श्रेष्ठ, अभिनभ राज श्रेष्ठ र क्षितिज ध्वज थापा रहेका छन्।
काठमाडौं – हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख...
काठमाडौं–हालै नेपाल आएको क्रेटा ईभीले अहिले देशभर चर्चा पाइरहेको छ । सोहि...
काठमाडौं– नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलोपटक हाइड्रोजन कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...