टाइम्स मोटर्सले पुरा ग-यो ३ वर्ष, थप जिम्मेवारीका साथ कार्य गर्ने प्रतिबद्धता
काठमाडौं – टाइम्स मोटर्सले ३ वर्ष पुरा गरेको छ । टाइम्स मोटर्सले हाल...
इसुजु मोटर्सले आफ्नो लोकप्रिय पिकअप ट्रक २०२६ इसुजु भी–क्रस भारतीय बजारमा लन्च गरेको छ। नयाँ मोडलको मूल्य करिब २५ लाख भारुभन्दा माथिबाट सुरु हुने बताइएको छ ।
यसमा सबैभन्दा ठुलो परिवर्तन भनेको सबै भेरिएन्टमा फोर ह्विल ड्राइभ सिस्टमलाई स्ट्यान्डर्ड रुपमा उपलब्ध गराइएको छ । यसअघि उपलब्ध टु ह्विल ड्राइभ भेरिएन्ट पूर्ण रूपमा बन्द गरिएको छ। कम्पनीका अनुसार नयाँ मोडल भी–क्रसलाई अफरोड र लाइफस्टाइल पिकअप प्रयोगका लागि उपयुक्त सवारीका रूपमा स्थापित गर्नु हो । भारतीय बजारमा यसले टोयोटाको पिकअप रेन्जसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
यसको बाहिरी डिजाइनमा पनि परिमार्जन गरिएको छ। नयाँ भी–क्रसमा फ्रन्टको बम्पर डिजाइन परिमार्जित गरेको छ र पहिलेको तुलनामा बडी क्ल्याडिङ घटाइएको छ। यसमा एलइडी प्रोजेक्टर हेडलाइट र फगलाइट पहिले जस्तै राखिएको छ भने अघिल्लो मोडलमा रहेको स्किड प्लेट हटाइएको छ । नयाँ १८ इन्चका अलोय ह्विल जडान गरिएको छ र साइड ह्विल आर्च तथा ब्ल्याक क्ल्याडिङ हटाएर बडी प्रोफाइललाई सफा र प्रिमियम लुक दिइएको छ।
यसमा १०.३ इन्चको फ्लोटिङ टचस्क्रिन, ३६० डिग्री क्यामेरा, ८ स्पिकर अडियो सिस्टम, टायर प्रेसर मनिटरिङ सिस्टम, ६ वटा एयरब्याग, स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल र हिल डिसेन्ट असिस्ट जस्ता फिचर समावेश गरिएको छ।
यद्यपि इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा पहिलेको जस्तै १.९ लिटर, चार सिलिन्डर टर्बो डिजेल इन्जिन उपलब्ध छ, जसले १६१ बीएचपी पावर र ३६० एनएमको टर्क उत्पादन गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल वा अटोमेटिक गियरबक्ससँग उपलब्ध छ ।
काठमाडौं – टाइम्स मोटर्सले ३ वर्ष पुरा गरेको छ । टाइम्स मोटर्सले हाल...
जापनिज कार निर्माता कम्पनी सुबारुले विश्वभर २ करोड अल ह्विल ड्राइभ गाडी...
जापनिज अटो निर्माता इसुजुले भारतमा निकै राम्रो उपलब्धि हासिल गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...