इसुजु डी–म्याक्स हाईल्यान्डर अब अटाेमेटिक ट्रान्समिसनमा पनि

इसुजुले डी–म्याक्स हाईल्यान्डरको २०२६ संस्करण लन्च गरेको छ । थुप्रै नयाँ फिचर थप गरिएको सो पिकअप ट्रकमा इसुुजुले पहिलोपटक अटोमेटिक ट्रान्समिन विकल्प समेत उपलब्ध गराएको छ । डी–म्याक्स हाईल्यान्डरको २०२६ संस्करणको मूल्य २१ लाख ५ हजार भारु निर्धारण गरिएको छ ।

डिजाइनमा थोरैमात्र परिवर्तत गरिएको सो पिकअप ट्रकमा अब एकीकृत एलईडी डीआरएल र एलईडी टेलल्याम्प सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प जडान गरिएको छ ।

इन्टेरियरको कुरा गर्नुपर्दा यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, विद्युतीय रुपमा एड्जस्ट गर्न मिल्ने फोल्डेबल ओआभीएम, अटोमेटिक क्लाइमेट कन्ट्रोल र रिमोट सेन्ट्रल लकिङका साथ ७.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध गराइएको छ ।

साथै, यसको अटोमेटिक भर्सनमा क्रुज किन्ट्रोल र रिभर्स क्यामेरा समेत दिइएको छ । यसमा डुअल एयरब्याग, ईएससी, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट र हिल डिसेन्ट कन्ट्रोल जस्ता आधुनिक फिचर पाउन सकिन्छ ।

डी–म्याक्स हाईल्यान्डरमा पहिले जस्तै १.९ लिटर डिजेल इन्जिन प्रयोग गरिएको छ, जसले १६१ बीएचपी र ३६० एनएम टर्क जेनेरेट गर्दछ । यसमा ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

पिकअप किन्दा शुरुमा ९ लाख ९० हजार तिरे पुग्ने, दुई महिना पछि मात्र मासिक किस्ता तिर्दा हुने

पिकअप किन्दा शुरुमा ९ लाख ९० हजार तिरे पुग्ने, दुई महिना पछि मात्र मासिक किस्ता तिर्दा हुने

काठमाडौं – नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने बताइएको इसुजुको...

यस्तो छ हालै सार्वजनिक भएको बीएस६ इन्जिनयुक्त इसुजु हाइल्यान्डर पिकअपका ५ विशेषता

यस्तो छ हालै सार्वजनिक भएको बीएस६ इन्जिनयुक्त इसुजु हाइल्यान्डर पिकअपका ५ विशेषता

भारतमा हालै इसुजुको हाइल्यान्डर पिकअप बीएस६ इन्जिनमा सार्वजनिक गरिएको छ ।...

यस्तो छ नेपाल आउने तयारीमा रहेको ग्रेटवाल मोटर्सको विंगल५ पिकअप

यस्तो छ नेपाल आउने तयारीमा रहेको ग्रेटवाल मोटर्सको विंगल५ पिकअप

चाइजिन अटो मेकर ग्रेटवालको नयाँ पिकअप विंगल५ नेपाल आउने भएको छ । नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...